काठमाडौं : वरिष्ठ साहित्यकार तथा चिन्तक आनन्ददेव भट्टको निधन भएको छ। अल्जाइमर रोगबाट थलिएका ८६ वर्षीय भट्टको गएराति आफ्नै निवासमा निधन भएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर गंगाप्रसाद उप्रेतीले जनाकारी दिए।भट्टको शव पशुपति आर्यघाटमा रहेको माधवराज सुमार्गी स्मृति भवनमा अन्तिम श्रद्धाञ्जलीका लागि विहान ११ बजे सम्म राखिने छ। त्यसपछि भट्टको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिने छ। भट्टका श्रीमती र दुई छोरा छन्। भट्टका कविता, निबन्ध, समीक्षा, चिन्तन एवं दर्शन विषयक