निर्वाचन आचारसंहिता विपरीत एक जिल्ला न्यायाधीशले स्थानीय तह निर्वाचनका उम्मेदवारका लागि भोट मागेका छन् । रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङले ओखलढुङ्गाको एक स्थानीय तहबाट उठेकी एमाले उम्मेदवारको पक्षमा मत मागेका हुन् । रौतहटका जिल्ला न्यायाधीश चित्र बहादुर गुरुङले निर्वाचन आचारसंहिता विपरीत ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा एमालेका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी ईच्छाकुमारी गुरुङको पक्षमा सामाजिक सञ्जालमार्फत् मत मागेका हुन् । निर्वाचन प्रयोजनका लागि तयार पारिएको भ