निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयानका क्रममा आएका नाम बोलाउने क्रममा महाअभियोग सिफारिस समितिले बारका वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई पनि बोलाएको छ । नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेल, बारका पूर्वध्यक्षहरु शम्भु थापा र हरिहर दाहाललाई व्यक्तिगतरुपमा बोलाएको छ । सर्वोच्च बार एशोसिएनका अध्यक्ष पूर्णमान शाक्य, पूर्वमहान्यायाधिवक्ता …