काठमाडौं : कोरोनाविरुद्धको ९२ लाख मात्रा फाइजर खोप आउने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत रहेको आपूर्ति शाखाले जनाएअनुसार केही हप्ताभित्रै १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिन सरकारले थप ९२ लाख मात्रा फाइजर खोप आउन लागेको हो।शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार यो खोप कोभ्याक्स सुविधाअन्तर्गत नेपाल भित्रन लागेको बताए। ‘ पटक पटक गरेर अब छिटै ९२ लाख मात्रा फाइजर खोप आउँदै छ’‚ उनले भने।