सरकारले अझै उखुको मूल्य निर्धारण गर्न सकेन, सुझावका आधारमा छिट्टै सिफारिस गर्ने प्रतिक्रिया

काठमाण्डाै - सरकारले अझै उखुको मूल्य निर्धारण गर्न सकेको छैन । मूल्य नै निर्धारण नभएका कारण किसानले उखु काट्न सकेका छैनन् । बारीमा उखु सुक्न थालेका छन् । उखु सके तौल घट्ने किसानको चिन्ता छ । यसअघि किसानका प्रतिनिधि, मिल सञ्चालक र सरकारबीच पटक पटक छलफल भए पनि अहिलेसम्म मूल्य निर्धारण हुन नसकेको हो । उखु किसानका प्रतिनिधिले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ मूल्य माग गर्दै आएका छन् । तर चिनी मिल सञ्चालकले बढीमा ५ सय ८० रुपैयाँसम्म दिन सक्ने बताएका छन् । मूल्य निर्धारण नभए पनि पर्सिदेखि मिल सञ्चालन गर्ने चिनी उद्योगीको...