घर आगलागी हुँदा खाँदबारी नगरपालिका–४ सेकाहा छवयागाउँकी एकल महिला गुनामाया गुरुङको बिचल्ली भएको छ । गुनामाया एक्लै बस्दै आएको घर आगलागी भएपछि उनको बिचल्ली भएको हो ।
उनका श्रीमान् दलबहादुरको करिब साढे दुई...
खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा रु १५ लाख बढीको क्षति भएको छ । उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जल...
फुङ्लिङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एउटा घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो । बिहीबार दिउँसो भएको आगलागीबाट घर पूर्णरूपमा जलेर नष्ट भएको सुरुम्खिमका वडाध्यक्ष लक्ष्मण तामाङले बताउनुभयो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा […]
सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा शनिवार साँझ आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीयवासी ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते थिए । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताए । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवा
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा एक घरमा आगलागी बत्तीस लाख रुपियाँ बढीको क्षति भएको छ । आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङ भाङ्टारका स्थानीय चैतन्य यक्सो लिम्बूको घर आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर क्षति भएको हो ।
सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ । मैवाखोला गाउँपालिका –६ फाकुम्बाका स्थानीय रमेश थोप्रा लिम्बूको घर आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो ।