पूर्व अन्तराष्ट्रिय ब्याडमिन्टन खेलाडी कल्पना राणालाई नेपाल ब्याडमिन्टन संघले आर्थिक सहयोग प्रदान गरेको छ । संघको पहलमा संघका पदाधिकारी, प्रशिक्षकहरु, खेलाडीहरु तथा शुभचिन्तकहरुबाट संकलन गरिएको एक लाख ६६ हजार पाँच सय ६० रुपियाँ र खाद्यान्न सहयोग प्रदान गरिएको हो ।