राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलाडी कल्याणकारी कोषलाई सोमबार आर्थिक सहयोग प्रदान गरेका छन् ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका कोषका सदस्य–सचिव दीपक श्रेष्ठलाई सदस्य–सचिव घिसिङले २ लाख ९ हजार १ सय १४ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे । करिब ४ महिना बराबरको आफूले पाउने सुविधा वापतको रकम सदस्य–सचिव घिसिङले कोषलाई प्रदान गरेका हुन् ।नेपाल सरकारले घिसिङलाई गत मंसिर १३ गते राखेपको सदस्य