डोनल्ड ट्रम्प : सन् २०२० को राष्ट्रपति निर्वाचनमा हस्तक्षेप गर्न खोजेको भन्दै फेरि मुद्दा - BBC News नेपाली
अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपतिले आधिकारिक कामकाज गर्दा उन्मुक्ति पाउने आदेश दिएपछि ट्रम्पविरुद्ध लगाइएका अभियोगहरूमा संधोधन गर्दै फेरि अर्को मुद्दा परेको हो।
आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेद्वारी सुनिश्चित गर्ने दौडमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प रहेका छन् भने अयोध्यामा राम मन्दिर उद्घाटनमार्फत भारतका प्रधानमन्त्रीले चुनावी अभियानको थालनी गरेका छन्। यी दुवै नेता लोकप्रियतामा अगाडि छन्।...
एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका आरोपप्रति आक्रोश पोख्नुभएको छ । वासिङ्टन डीसी अदालतमा सुनुवाईका लागि उपस्थित हुनुअघि ट्रम्पले आफूविरुद्धका आरोपहरु आगामी वर्ष हुने चुनाव लक्षित रहेको भन्दै बाइडेन प्रशासनले नैतिक धरातल गुमाइसकेको बताउनुभयो । न्युजर्सी गल्फक्लवमा समर्थकहरुबीच बोल्दै उहाँले आफूप्रतिको बढ्दो विश्वासबाट विपक्षीहरु अहिल्यै अत्तालिएको जिकीर समेत गर्नुभयो । आफूले न्युजर्सीमा […]
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् ।
शनिवार बिहान उनले ती दुवै प्लाटफर्ममा 'म फर्किएँ' शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट गर्दै आफू फर्किएको जानकारी दिएका थिए । भिडियोमा उनले सन् २०१६ को चुनावी सफलतापछि 'यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ' भन्दै गरेको दृष्य पनि छ ।
अमेरिकाको संसद भवनमा हिंस्रक दंगा भएपछि सन् २०२१ को जनवरीमा ट्विटरले ट्रम्पको खाता स्थायी रुपमा बन्द गरिदिएको थियो । ट्रम्पले ट्विटरमार्फत हिंसा थप भड्काउन सक्ने भन्दै कम्पनीले सो निर्णय गरेको थियो । ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए । तर अर्बपति व्यापारी एलन मस्कले आफ्नो स्वामित्वमा लिएपछि ट्विटरले उनको खाता फकुवा गरिदिएको थियो ।
ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा तथा हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनलाई जनवरी ७ देखि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको थियो । गत जनवरी २५ मा फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्म्सले ट्रम्पका खाता फुकुवा गरिदिने बताएको थियो ।
आगामी राष्ट्रपतीय चुनावमा फेरि पनि उम्मेदवारी दिन चाहेका ट्रम्पलाई विभिन्न सामाजिक सञ्जालका खाता फुकुवापछि ट्विटर, फेसबुक, युट्युब, इन्स्टाग्रामजस्ता प्लाटफर्मबाट चन्दा संकलनलगायत काममा सहजता हुने अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सीहरु
काठमाडौं, जेठ १४ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्। ‘यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ, उनले हतियारको बिक्री तथा […]
युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो शासनमा यस्तो नहुने थियो बताएका छन् ।युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘मेरो शासनमा यस्तो हुँदैनथ्यो ।’डोनल्ड ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा पुटिनले पहिला यस्तो गर्न चाहन्थे भनेर आफूलाई विश्वास नभएको बताए ।ट्रम्पले भने, ‘मलाई लाग्छ कि उनी कुराकानी गर्न चाहन्थे तर यो मामिला बिग्रँदै गयो र पुटिनले यसमा कमजोरी देखे ।’ट्रम्पले भने, &
पुस २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अवको एक महीनापछि नयाँ सामाजिक सञ्जाल ट्रूथ सोशल सार्वजनिक गर्ने तयारी गरेका छन् ।
ट्वीटर, फेसबुक, युट्युवले आफूलाई प्रतिबन्ध लगाएपछि ट्रम्पले सामाजिक सञ्जाल सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । ‘ट्रुथ सोशल’ नामको सामाजिक सञ्जाल फेब्रुअरीमा सार्वजनिक गर्ने तयारी भइरहेको खवर त्यहाँका समाचार एजेन्सीहरुले सार्वजनिक गरेका हुन् । एप्पलको एप स्टोरमा ‘प्रि-अर्डर’ अर्थात् चाँडै नै सार्वजनिक हुने एपको सूचीमा ‘ट्रुथ’ आइसकेको छ ।
गत वर्ष ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि ट्विटर,युट्युव र फेसबुकजस्ता कम्पनीहरुले उनलाई आफ्नो खाता सञ्चालन गर्नबाट निलम्बित गरेका थिए । ट्वीटरले भने उनलाई स्थायी रुपमा आफ्नो प्लेटफर्ममा प्रतिबन्ध लगाइसकेको छ भने फेसबुकले सन २०२३ सम्म प्रतिबन्ध लगाएको छ । उता युट्युवले भने अनिश्चित समयका लागि ट्रम्पलाई प्रतिबन्ध लगाएको छ ।
यसपछि उनले आफ्नै सामाजिक सञ्जालको प्लेटफर्म शुरु गर्ने घोषणा गर्दै सामाजिक सञ्जाल सार्वजनिक गर्ने तयारी गरेका हुन् । उनको लगानी रहेको ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप (टीएमटीजी) ले समाजिक सञ्जालसँगै भिडिओ स्ट्रीमिङ सेवा पनि शुरु गर्ने बताएको छ।
ट्रम्पले यसअघि एउटा बक्तव्यमार्फत ट्रूथ सोशल नामक सामाजिक सञ्जालले ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने र तिनले अमेरिकाका विद्रोही आवाजलाई स्थान नदिएको आरोप लगाउँदै कडा आलोचना गरेका थिए ।एजेन्सी
असोज २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प व्यवसायिक पत्रिका फोर्ब्सको अर्बपतिहरुको सूचीको शीर्ष ४०० बाट बाहिरिएका छन् ।
ट्रम्प सूचीबाट बाहिरिएको यो २५ वर्षमा पहिलो पटक हो । फोर्ब्सका अनुसार ट्रम्पको नेटवर्थ २ अर्ब ५० करोड डलर रहेको छ । यो अमेरिकाको सबैभन्दा धनी ४०० को सूचीमा रहन उनलाई चाहिएको भन्दा ४० करोड डलर कम हो ।
ट्रम्पको नेटवर्थ यस वर्ष पनि गत वर्षको जत्तिकै छ । गत वर्षको सूचीमा उनी ३३९ औं स्थानमा थियो । महामारी शुरु भएको बेलाको तुलनामा भने उनको नेटवर्थ ६० करोड डलर कम छ ।
कोरोना भाइरसको महामारी बीच प्राविधिक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । क्रिप्टोकरेन्सी लगायत अन्य सम्पत्तिको भाउ पनि बढेका छन् । तर ठूला शरहमा सम्पत्तिको भाउ सुस्त छ ।
यसैका कारण पनि घरजग्गा व्यवसायमा रहेको ट्रम्प सर्वाधिक धनी ४०० अमेरिकीको सूची बाहिर आएका हुन् । एजेन्सी