आगामी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेद्वारी सुनिश्चित गर्ने दौडमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प रहेका छन् भने अयोध्यामा राम मन्दिर उद्घाटनमार्फत भारतका प्रधानमन्त्रीले चुनावी अभियानको थालनी गरेका छन्। यी दुवै नेता लोकप्रियतामा अगाडि छन्।...
वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प दुई वर्षपछि फेसबुक र युट्युबमा फर्किएका छन् ।
शनिवार बिहान उनले ती दुवै प्लाटफर्ममा 'म फर्किएँ' शीर्षकको ११ सेकेन्डको भिडियो पोस्ट गर्दै आफू फर्किएको जानकारी दिएका थिए । भिडियोमा उनले सन् २०१६ को चुनावी सफलतापछि 'यत्तिका समय पर्खाउनु परेकोमा क्षमा चाहन्छु, प्रक्रिया जटिल छ' भन्दै गरेको दृष्य पनि छ ।
अमेरिकाको संसद भवनमा हिंस्रक दंगा भएपछि सन् २०२१ को जनवरीमा ट्विटरले ट्रम्पको खाता स्थायी रुपमा बन्द गरिदिएको थियो । ट्रम्पले ट्विटरमार्फत हिंसा थप भड्काउन सक्ने भन्दै कम्पनीले सो निर्णय गरेको थियो । ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जाल सञ्चालनमा ल्याएका थिए । तर अर्बपति व्यापारी एलन मस्कले आफ्नो स्वामित्वमा लिएपछि ट्विटरले उनको खाता फकुवा गरिदिएको थियो ।
ट्रम्पले सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवन क्यापिटल हिलमा हुलदंगा तथा हिंसा भड्काउन प्रेरित गरेको भन्दै उनलाई जनवरी ७ देखि फेसबुक र इन्स्टाग्राममा प्रतिबन्ध लगाइएको थियो । गत जनवरी २५ मा फेसबुक र इन्स्टाको प्यारेन्ट कम्पनी मेटा प्लाटफर्म्सले ट्रम्पका खाता फुकुवा गरिदिने बताएको थियो ।
आगामी राष्ट्रपतीय चुनावमा फेरि पनि उम्मेदवारी दिन चाहेका ट्रम्पलाई विभिन्न सामाजिक सञ्जालका खाता फुकुवापछि ट्विटर, फेसबुक, युट्युब, इन्स्टाग्रामजस्ता प्लाटफर्मबाट चन्दा संकलनलगायत काममा सहजता हुने अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सीहरु
काठमाडौं, जेठ १४ । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई आर्थिक सहयोग गर्नुको साटो देशकै विद्यालयहरूका सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। टेक्ससमा १९ विद्यार्थीको हत्या भएको केही दिनपछि उनले यस्तो धारणा राखेका हुन्। ‘यदि अमेरिकाले युक्रेनलाई अर्बौँ रकम दिन सक्छ भने हामीले हाम्रो घरमा बालबालिकाहरूलाई सुरक्षित राख्नको लागि जे पनि गर्न सक्नुपर्छ, उनले हतियारको बिक्री तथा […]
युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो शासनमा यस्तो नहुने थियो बताएका छन् ।युक्रेनमाथि रुसी कारवाही सुरु भएपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले भने, ‘मेरो शासनमा यस्तो हुँदैनथ्यो ।’डोनल्ड ट्रम्पले फक्स न्युजसँगको कुराकानीमा पुटिनले पहिला यस्तो गर्न चाहन्थे भनेर आफूलाई विश्वास नभएको बताए ।ट्रम्पले भने, ‘मलाई लाग्छ कि उनी कुराकानी गर्न चाहन्थे तर यो मामिला बिग्रँदै गयो र पुटिनले यसमा कमजोरी देखे ।’ट्रम्पले भने, &
असोज २७, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प व्यवसायिक पत्रिका फोर्ब्सको अर्बपतिहरुको सूचीको शीर्ष ४०० बाट बाहिरिएका छन् ।
ट्रम्प सूचीबाट बाहिरिएको यो २५ वर्षमा पहिलो पटक हो । फोर्ब्सका अनुसार ट्रम्पको नेटवर्थ २ अर्ब ५० करोड डलर रहेको छ । यो अमेरिकाको सबैभन्दा धनी ४०० को सूचीमा रहन उनलाई चाहिएको भन्दा ४० करोड डलर कम हो ।
ट्रम्पको नेटवर्थ यस वर्ष पनि गत वर्षको जत्तिकै छ । गत वर्षको सूचीमा उनी ३३९ औं स्थानमा थियो । महामारी शुरु भएको बेलाको तुलनामा भने उनको नेटवर्थ ६० करोड डलर कम छ ।
कोरोना भाइरसको महामारी बीच प्राविधिक कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । क्रिप्टोकरेन्सी लगायत अन्य सम्पत्तिको भाउ पनि बढेका छन् । तर ठूला शरहमा सम्पत्तिको भाउ सुस्त छ ।
यसैका कारण पनि घरजग्गा व्यवसायमा रहेको ट्रम्प सर्वाधिक धनी ४०० अमेरिकीको सूची बाहिर आएका हुन् । एजेन्सी
ह्वाइट हाउसबाट निस्केपछि अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प कहाँ बस्ने भन्ने विषयमा चर्चा चलिरहेको छ ।
वाशिङटनबाट बुधवार निस्केर ट्रम्प फ्लोरिडामा रहेको पाम बीच रिजोर्ट पुगे । तत्कालका लागि ट्रम्प रिजोर्ट होममा नै बस्नेछन् ।
बाइडनले शपथग्रहण लिएकै दिन आधिकारिक विमान एयर फोर्स वान चढेर ट्रम्प फ्लोरिडा पुगेका हुन् । ट्रम्पलाई स्वागत गर्न सयौं मानिस किनारमा उभिएका थिए ।
ट्रम्पले सन् २०२४ मा पुनः चुनाव लड्न सक्ने संकेत दिएका छन् । माथिल्लो सदन सिनेटमा उनीमाथि महाअभियोगको ट्रायल चलिरहेको छ । ट्राय...
अमेरिकाको राजधानीमा बुधवार संसद् भवनमा मच्चाइएको ताण्डवका लागि राष्ट्रपति डोनल्ड ट्रम्प नै जिम्मेवार ठहर्याइएका छन् ।
द हिल पत्रिकामा प्रकाशित एक समाचारअनुसार, यस घटनालागि ट्रम्प जिम्मेवार रहेको भनी २०० भन्दा बढी सांसदले ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने वा संविधानको २५औं संशोधनमार्फत हटाउनुपर्ने बताउँदै आएका छन् ।
यूएसए टुडेको एक समाचारमा उल्लेख भएअनुसार, अमेरिकी अनुसन्धान एजेन्सीहरूसँग ट्रम्पको उत्तेजक भाषणपछि नै हिंसा भड्किएको विषयमा दह्रो प्रमाण छ ।
कोर्नेल ल इन्स्टिच्युटका प्राध्...
अमेरिकाको राजधानीमा बुधवार संसद् भवनमा मच्चाइएको ताण्डवका लागि राष्ट्रपति डोनल्ड ट्रम्प नै जिम्मेवार ठहर्याइएका छन् ।
द हिल पत्रिकामा प्रकाशित एक समाचारअनुसार, यस घटनालागि ट्रम्प जिम्मेवार रहेको भनी २०० भन्दा बढी सांसदले ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने वा संविधानको २५औं संशोधनमार्फत हटाउनुपर्ने बताउँदै आएका छन् ।
यूएसए टुडेको एक समाचारमा उल्लेख भएअनुसार, अमेरिकी अनुसन्धान एजेन्सीहरूसँग ट्रम्पको उत्तेजक भाषणपछि नै हिंसा भड्किएको विषयमा दह्रो प्रमाण छ ।
कोर्नेल ल इन्स्टिच्युटका प्राध्...
काठमाडौं । राष्ट्रपति निर्वाचत जो बाइडेनलाई राष्ट्रपति प्रमाणित गर्न बसेको अमेरिकी संसद बैठकमा डोनल्ड ट्रम्प समर्थकले आक्रमण गरेका छन् । आक्रमणबाट एक महिलाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू प्रवेश गरेपछि संसदीय बहस रोकिएको थियो । प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड गर्नुका साथै प्रहरीसँग मुठभेड गरेका थिए । यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ ।
भिड प्रवेश गरेर अवरुद्ध भएको संसद् बैठक पुनः सुरु भएको छ । संसद् रहेको क्यापिटल भवनबाट राष्ट्रपति ट्रम्पका समर्थकहरूलाई हटाइएको केही बेरपछि बैठक पुनः सुरु भएको हो । बाइडनलाई राष्ट्रपति प्रमाणित गर्ने कार्यले निरन्तरता पाएको छ ।
यता, संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ। आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि ‘आइ लभ यू’ लेखेका थिए।
ट्रम्पका तीन वटा ट्विटले आफ्नो नीतिको गम्भीर उल्लंघन गरेको भन्दै ट्विटरले तिनलाई हटाइदिएको छ । त्यसो नगरेमा उनको खातालाई नै बन्द गरिनुपर्थ्यो भन्ने ट्विटरको स्पष्टीकरण छ ।
फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ । यसअघि ट्रम्पले आफ्ना समर्थकहरूलाई दिएको भिडिओ सन्देशलाई फेसबुक, ट्विटर र युट्युबले प्रसारण गर्नबाट रोकेका थिए।
संसद्मा देखिएको हङ्गामापछि अमेरिकाका पूर्वराष्ट्रपतिहरूले त्यसको आलोचना गरेका छन् । पूर्व राष्ट्रपति बराक ओबामाले भनेका छन्, ‘इतिहासले आजको घटनालाई विधिवत् चुनावको नतिजाबारे बारम्बार आधारहीन झुटो बोल्ने बहालवाला राष्ट्रपतिले उक्साएको घटनाका रूपमा सम्झनेछन् । यो देशको लागि ठूलो अनादर भएको र देशको लज्जा दिनको रूपमा सम्झिइनेछ ।’
अमेरिकी संसद् भवनमा बुधवारको हमला सन् १८१२ को युद्धपछिको पहिलो रहेको यूएस क्यापिटल हिस्टोरिकल सोसाइटी एक्सपर्ट जनाएको छ । सन् १८१४ मा ब्रिटिश फौजले डिसीलाई अतिक्रमण गरेर निर्माणाधीन भवनमा आगो लगाइदिएको थियो ।
सो घटनाको विश्वभरबाट निन्दा गरिएको छ ।