काठमाडौँ : सरकारले देशभरि अतिक्रमण वा कब्जा गरिएका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।गृह मन्त्रालयले बुधवार सबै प्रशासन कार्यालयलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुनविपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कारबाही लागि विवरण संकलन गरेर पठाउन निर्देशन दिएको हो।जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग समेत आवश्यक समन्वय गर्न गृहले प्रशासनलाई निर्देशन दिएको छ।गृह मन्त्रालयका प्रवक्ता नारायणप्र