राष्ट्रबैंकको निर्देशनले बैंकमा निक्षेप घट्ने पूर्वगभर्नरको चिन्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत १८ माघमा एक सूचना निकालेर एकपटकमा ७ लाखभन्दा धेरै नगद कारोबार गर्नेहरुको सूची पठाउन निर्देशन दियो । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको सम्पत्ति शुद्धीकरण इकाईले दिएको निर्देशनमा गत साउन १ गतेदेखि पुस ३० गतेसम्मको विवरण माघ २४ गते अगावै पठाउन भनिएको छ । नेपाल राष्ट्र बैंकले केही दिनअघि मात्रै […]

सम्बन्धित सामग्री

बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने

काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएसँगै र उद्यमी व्यवसायीहरु व्यवसायमा ¥हास आएका कारण लगानी गर्न डराएका कारण बैंकहरुले क्रमिक रुपमा कर्जाको व्याजदर घटाउन थालेका छन् । बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा […] The post बैंकहरुमा व्याजदर घट्दै, पुसमा अझै व्याजदर घट्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साउनयता वाणिज्य बैंकको निक्षेप निरन्तर घट्दै, ३ सातामा ९५ अर्ब घट्यो

नयाँ आर्थिक वर्ष सुरु भएसँगै घट्दो क्रममा देखिएको बैंकहरुको निक्षेप घट्ने क्रमले तेस्रो सातासम्म पनि निरन्तरता पाएको छ ।

बैंकको निक्षेप घट्ने क्रम जारी, साउन लागेपछि ९५ अर्ब घट्यो

साउनको तेस्रो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । एक सातामा बाणिज्य बैंकहरुको निक्षेप ४ अर्बले घटेको बैंकर्स संघले जनाएको छ ।संघका अनुसार साउन १३ गते बैंकहरुको निक्षेप ४४ खर्ब ५० अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको निक्षेप ४ अर्बले घटेर ४४ खर्ब ४६ अर्ब पुगेको छ । यस अवधिमा कर्जा प्रवाह भने २ अर्बले बढेको छ । संघका अनुसार साउन १३  गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ६४ अर्ब रहेकोमा साउन २० गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह २ अर्बले बढेर ४१ खर्ब ६६ अर्ब पुगेको छ । यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८७.६९ प्रतिशत रहेको संघले जनाएको छ । साउन महिना सुरु भएपछिको ३ साताको अवधिमा बैंकको निक्षेप ९५ अर्बले घटेको छ।  असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा साउन २० गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर  ४४ खर्ब ४६ अर्ब पुगेको हो।

बैंकिङ प्रणालीमा घट्यो तरलता, राष्ट्र बैंक भन्छ– आत्तिनु पर्दैन

१७ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थप गहिरिएको छ । बैंकहरुको निक्षेप लगातार घट्ने क्रममा रहेको र कर्जा लगानी भने लगातार बढिरहेका कारण बैंकहरुमा तरलता घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निकै चाप रहेको तरलता दोस्रो त्रैमासमा भने झन् ठूलो चाप परि नयाँ कर्जा स्वीकृत गर्नै नसक्ने […]

निक्षेप घट्ने क्रम जारी

पछिल्लो समय घटिरहेको वाणिज्य बैङ्कको निक्षेप सङ्कलन मङ्सिर महिनामा पनि रोकिएन । मङ्सिर तेस्रो साता बैङ्कमा सात अर्ब रुपियाँ निक्षेप थपिए पनि चौथो सातामा आएर पाँच अर्बले घटेको छ । नेपाल बैङ्कर्स सङ्घका अनुसार मङ्सिर चौथो साता पाँच अर्ब रुपियाँ निक्षेप घट्दा पनि वाणिज्य बैङ्कले सात अर्ब रुपियाँले कर्जा विस्तार गरेका छन् । वाणिज्य बैङ्कमा निक्षेप थपिने क्रम रोकिए पनि कर्जा प्रवाह तुलनात्मक रूपमा केही बढी छ । निक्षेप बढ्न नसक्दा कर्जा विस्तारको आकार भने खुम्चँदै गएको छ ।

बढ्न सकेन निक्षेप सङ्कलन

पछिल्लो समय निरन्तर घट्दो क्रममा रहेको वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्न सकेको छैन । चालू आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन कर्जा प्रवाहको तुलनामा निकै कम देखिएको छ । बैङ्कहरूले निक्षेप तान्न मङ्सिरदेखि ब्याजदर बढाए पनि कात्तिकको तुुलनामा मङ्सिरमा पनि निक्षेप सङ्कलन घट्ने क्रम रोकिएको छैन । नेपाल बैङ्कर्स सङ्घको तथ्याङ्कअनुसार बैङ्कहरूको निक्षेप सङ्कलन विगत छ वर्ष यताकै न्यून देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा बैङ्कहरूको निक्षेप सङ्कलन जम्मा ३२ अर्ब रुपियाँले बढेको छ ।

निक्षेप ७१ अर्ब बढ्यो ब्याजदर घट्न सक्ने

गत असार मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप संकलन ७१ अर्ब रुपैयाँले बढेपछि ब्याजदर घट्ने सम्भावना बढेको छ । बैंकहरूको कुल निक्षेप २०६७ असार मसान्तसम्ममा रू. ६ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । गतवर्षको तुलनामा यो १३ प्रतिशतले बढी हो । गत आवको असार मसान्तसम्ममा कुल निक्षेप रू. ५ खर्ब ४६ अर्ब थियो । बैंकिङ प्रणालीप्रति सर्वसाधारणको विश्वास बढेकाले र केन्द्रीय बैंक र अन्य बैंकहरूको निरन्तर प्रयासले यस्तो सुधार आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता गोपालप्रसाद काफ्लेको भनाइ छ । झन्डै एक वर्ष पहिला बैंकहरूमा लगानीयोग्य रकमको अभाव भएपछि बैंकको ब्याजदर इतिहासमै उच्च १५.०९ प्रतिशत पुगेको थियो । त्यसैगरी वाणिज्य बैंकहरूले निक्षेपमा प्रदान गर्ने ब्याजदर पनि बढेर झन्डै ११–१२ प्रतिशत पुगेको थियो । विकास बैंक तथा वित्त कम्पनीले दिने ब्याज १४–१५ प्रतिशतमा पुगेको थियो । फलस्वरूप बैंकहरूले दिने ऋण पनि पहिलाको तुलनामा महँगो भएको थियो । अहिले अन्तरबैंक ब्याजदर घटेर २.५ प्रतिशतमा आएको छ । असार महिनामा मात्रै बैंकहरूको निक्षेप संकलन अघिल्लो महिनाको तुलनामा रू. २९ अर्बले बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई आधार मान्दा अहिले बैंकहरूसँग रू. १०० अर्ब खुद लगानीयोग्य तरलता रहेको छ । अन्तरबैंक ब्याजदर र लगानीयोग्य अहिलेकै अवस्था हुँदा एक वर्ष पहिले ब्याजदर ५ प्रतिशत कम थियो ।   वर्ष ५, अंक ४७, २०६७, साउन १०–१६