गुल्मीको तम्घासमा चार जना डेरी व्यवसायी मिलेर डेरी उद्योग सञ्चालनमा ल्याएका छन् । यहाँ डेरी व्यवसाय गर्दै आउनुभएका नवराज भुसाल, बालकृष्ण भण्डारी, नर्जन श्रेष्ठ र जुद्ध बस्नेतले रेसुङ्गा नगरपालिका– ९ मा गुल्मी डेरी उद्योग प्रालि सञ्चालन गर्नुभएको हो ।