धनकुटाका किसान छुर्पी उद्योगमा आकर्षित

धनकुटा : धनकुटामा पछिल्लो समय गाईपालनसँगै डेरी उद्योग सञ्चालन गर्ने लहर नै चलेको छ। खासगरी विदेशबाट फर्केका र सरकारी जागिरबाट अवकाश भएकाहरूले सञ्चालन गरेको डेरी उद्योगले युवालाई स्वरोजगार बनाएको छ।दूधलाई प्रशोधन गरी बनाइने घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग स्थापनासँगै रोजगारी पाउने युवाको संख्या बढ्दो छ। केही वर्ष अघिदेखि डेरी उद्योग सञ्चालन गरी राम्रो आम्दानी लिइरहेका महलक्ष्मी–१ रामबहादुर पौडेल पनि छुर्पी उत्पादनबाट निकै सन्तुष्ट रहेको बताउँछन्। नेपाली सेनाको जागिरबाट अवकाश भ