जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले गठबन्धनभित्र कांग्रेस सहयोगी दलहरुलाई सिध्याउने प्रयासमा लागेको बताएका छन् । कांग्रेसले आफ्नो नेताहरुलाई व्यवस्थापनका नाममा अन्य सहयोगी दलहरूलाई सिध्याउन खोजेको यादवले आरोप लगाए ।‘मेरो नेता फलानो उसलाई व्यवस्थापन गर्नुपर्छ, भन्ने कांग्रेसको भनाइ छ । तर उहाँको नेता मात्रै सबै ठाँउमा छ, अनि अरु दललाई व्यवस्थापन गर्नुपर्दैन ? यहि विषयमा हाम्रो विमति हो । नेताको व्यवस्थापन भन्दा पहिला दलको सुनिश्चितता हुनुपर्छ, दलले नेताहरु