जसपा नेपालको मधेस प्रदेश समिति अध्यक्षमा रामबाबु यादव

 जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेश समितिको पदाधिकारी चयन गरेको छ । जसपा नेपालका प्रदेश समितिका पूर्व अध्यक्ष विजयकुमार यादवले बुधबार जनकपुरधाममा आयोजित कार्यक्रममा प्रदेश समितिको अध्यक्षमा प्रदेश सांसद रामबाबु कुमार यादवलाई चयन गरिएको घोषणा गरे ।प्रदेश २ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेका विजयकुमार यादवले अध्यक्षसहित प्रदेश समितिका पदाधिकारीहरुको नाम घोषणा गरेका हुन् । प्रदेश समितिको उपाध्यक्षमा रामप्रित पासवान, शम्भु झा, शेष नारायण यादव, वृजमोहन तिवारी र