काठमाडौं : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गरेको छ।शुक्रवार मध्यरातिदेखि लागू भएको आचारसंहिताअनुसार सञ्चारमाध्यमले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रशारण गर्न नहुने आयोगले जनाएको छ। आचारसंहिता लागू भएसँगै सञ्चार माध्यम, संवद्ध कर्मचारी तथा पत्रकारहरूले ११ बुँदे आचारसंहिता पालना गर्नुपर्ने भएको छ।स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्म सञ्चारमाध्यम, संवद्ध कर्मचारी र पत्रकारहरूले कुनै राजनीतिक दल वा उम्मेदवार वा निज प