ब्रोडब्याण्ड इन्टरनेट परियोजनाको जेठमा कुनै प्रगती भएन, ३४ वडामा इन्टरनेट पुग्न बाँकी

जेठ महिनामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार कुनै पनि प्रगति नभएको देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी देशका सबै स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने परियोजनाको जेठ महिनामा कुनै प्रगति नभएको देखिएको हो ।  प्राधिकरणले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार जेठ मसान्तसम्म ९९.७९ प्रतिशत काम सम्पन्न भएको छ । गत वैशाखमा...

सम्बन्धित सामग्री

भोजपुरका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सेवा

भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८  सामुदायिक विद्यालयमा नेपाल दूरसञ्चार प्राधिकरणले  ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालेको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । जिल्लाका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएका हो । यहाँका ६ माध्यमिक...

चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने

चालु आर्थिक वर्षमा देशभरका आधारभूत विद्यालयमा पनि ब्रोडब्याण्ड इन्टरनेट पुग्ने भएको छ । बुधबार अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सूचना प्रविधिमा महिला संस्थाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले यस्तो जानकारी दिएका हुन् ।  देशभरका स्थानीय तह, वडा कार्यालय, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा ब्रोडब्याण्ड पुगेको...

सामुदायिक विद्यालयमा इन्टरनेट सेवा दिइने

कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाका सबै सामुदायिक विद्यालय ब्रोडब्याण्ड इन्टरनेट सेवा दिइने भएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो । प्रविधिमार्फत सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउनका लागि ब्रोडब्याण्ड इन्टरनेट सेवा दिने विषयमा गाउँपालिका र नेपाल दूरसञ्चार प्राधिकरणबीच सम्झौता भएको छ । गाउँपालिका र प्राधिकरणबीच समझदारी भएअनुसार तत्काल गाउँपालिकाका २१ वटा आधारभूत विद्यालयमा इन्टरनेट सेवा सुरुआत हुने गाउँपालिकाका

दूरसञ्चार प्राधिकरणले देशभरका १६ हजार १७७ ठाउँमा पुर्‍यायो ब्रोडब्याण्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याएको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी प्राधिकरणले देशभरका कुल १६ हजार १७७ ठाउँमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याएको हो ।  प्राधिकरणले सार्वजनिक गरेको असार मसान्तसम्मको डेटा अनुसार देशभरका ७०८ स्थानीय तह, ५ हजार ९३३ वडा कार्यालय, ५ हजार २९९ माध्यमिक विद्यालय र ४ हजार २३७ स्वास्थ्य...

नेपाल टेलिकमद्वारा ४२ विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवाका मेसिन सहयोग

सिमकोट- तीनवटा गाउँपालिकाका आधारभूत विद्यालयहरूलाई फोर जी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडानका लागि उपकरणहरू प्रदान गरिएको छ। नेपाल टेलिकमको ग्रामीण दूरसञ्चार कार्यक्रमअन्तर्गत उक्त इन्टरनेट सेवा जडानका लागि सामग्री प्रदान गरिएकाे हो। खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले एक कार्यक्रममाबीच उक्त उपकरण विद्यालयलाई हस्तान्तरण गरे। उक्त गाउँपालिकाका १२ वटा आधारभूत विद्यालयलाई ती सामान दिइएको हो। अब ती […]

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

देशभरका माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ । देशभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याएको हो ।  प्राधिकरणका अनुसार माघ मसान्तसम्म ५ हजार २३३ माध्यमिक विद्यालय र ४ हजार १८० स्वास्थ्य संस्थामा ब्रोडब्याण्ड इन्टरनेट...

६९५ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट

मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ६९५ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ । प्राधिकरणका अनुसार गत पुस मसान्तसम्म ६९५ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्यांक अनुसार ५ हजार ८२२ वडा कार्यालय, ५ हजार २१७ माध्यामिक विद्यालय र ४ हजार...

६७६ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, ९६ प्रतिशत जडान सम्पन्न

मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ६७६ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ । प्राधिकरणका अनुसार गत कात्तिक मसान्तसम्म ६७६ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्यांक अनुसार ५ हजार ६५३ वडा कार्यालय, ५ हजार ३ माध्यामिक विद्यालय र ४ हजार १७ स्वास्थ्य...

नेपालका १४ हजार संंस्थामा पुग्यो ‘ब्रोडब्याण्ड इन्टरनेट’

काठमाडौं। नेपालका १४ हजार १२८ वटा संस्थामा ब्रोडब्याण्ड इन्टरनेट पुगेको छ। नेपाल दुरसञ्चार प्राधिकरणले ती संख्याका संस्थामा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको हो। ब्रोडब्याण्ड परियोजनाको जम्मा सम्झौता रकम पाँच अर्ब ६७ करोड रुपैंया छ। सम्झौताअनुसार १८ वटा प्याकेजमा १५ हजार १८२ संस्थामा इन्टरनेट पुर्‍याउनुपर्नेछ।