देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने काम अन्तिम चरणमा, अब ३४ वडा कार्यालय मात्रै बाँकी

देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी देशका सबै स्थानीय तहमा इन्टरनेट पुर्‍याउने परियोजना अन्तिम चरणमा पुर्‍याएको हो ।  नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने काम चैत मसान्तसम्म ९९.७९ प्रतिशत सम्पन्न भएको छ ।...