एमसीसी उपाध्यक्ष फर्किइन्, प्रमुख ६ दलले के भने ?

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमार चार दिने नेपाल भ्रमण गरेर आइतबार साँझ फर्केकी छन् । बिहीबार बिहान नेपाल आइपुगेकी सुमारले आइतबार पत्रकार सम्मेलन गरेर भ्रमणपछिको आफ्नो सन्देश दिएर गइन् ।

सम्बन्धित सामग्री

सम्झौता अनुमोदन हुनेमा आशा छ : एमसीसी उपाध्यक्ष

काठमाडौं (अस) । एमसीसी सम्झौता अनुमोदन भई कार्यान्वयन हुनेमा आफू आशावादी रहेको एमसीसी उपाध्यक्ष फातिमा सुमारले बताएकी छन् । चारदिने नेपाल भ्रमणमा रहेकी सुमारले भ्रमण सकेर फर्कनुअघि आइतवार आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक तहमा भेटघाटपछि यस्तो बताइन् । ‘मैले धेरै नेताहरूसँग कुरा गरें, उहाँहरूलाई यसको महत्त्व बुझाउने प्रयास गरें,’ सुमारले भनिन्, ‘उहाँहरूसँगको कुराकानीबाट म आशावादी छु । यो चाँडै अनुमोदन भएर कार्यान्वयनमा जान्छ भन्ने मलाई पूर्ण आशा छ ।’ नेपालले ५०० मिलियन अमेरिकी डलर अनुदान पाउने गरी ४ वर्षअघि भएको यो सम्झौता कार्यान्वयनका लागि संसद्बाट अनुमोदन हुनुपर्ने व्यवस्था छ । तर, लामो समयदेखि सम्झौता अनुमोदन हुन सकेको छैन । यसका विषयमा शीर्ष दलहरूभित्रै ठूलो मतभेद छ । नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सबैजसो प्रमुख दलका शीर्ष नेतालाई भेटेकी थिइन् ।

चार दिने नेपाल भ्रमण सकेर फर्किँदै एमसीसी उपाध्यक्ष

काठमाडौँ- अमेरिकी सहायता परियोजना (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज फर्किँदै छिन् । नेपालमा एमसीसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेका गएका बेला उनी गत बिहीबार काठमाडौं  आएकी थिइन् । चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन् ।  भेटमा एमसीसी परियोजनाबारे छलफल […]

एमसीसी उपाध्यक्ष फातिमा सुमार आज फर्कदै

काठमाडौं । नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फकिर्ने भएको छ । गत बिहीबार नेपाल आएको एमसीसी टोलीले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो । टोलीले नेपाल सरकारलाई एमसीसी सहयोग चाहिने नचाहिने टुंगो लगाउन आग्रह गरेको छ । […]

एमसीसी उपाध्यक्ष फतिमाको दौडधूप, विहानै प्रचण्डसँग भेटवार्ता

काठमाडौं, २५ भाद्र । नेपाल भ्रमणमा रहेकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार प्रमुख दलका शिर्ष नेताहरुसँग आज पनि भेटघाटमा छिन् । उनले विहानै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छिन् । प्रचण्डनिवास खुमलटारमा भएको भेटमा एमसीसी पारित गर्ने विषयमा छलफल भएको बुझिएको छ । फतिमाले एमसीसीबारे नेपालका नेताहरुलाई आश्वस्त […]

एमसीसी उपाध्यक्ष फातिमासहितको उच्चस्तरीय टोली भेटघाटमा व्यस्त

काठमाडौं (अस) । सम्झौता भएको चार बर्ष पुग्नै लाग्दा समेत संसद्बाट एमसीसी सम्झौता अनुमोदन हुन नसकिरहेका बेला एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुगेका छन् । उपाध्यक्ष सुमार नेतृत्वको टोली नेपालको ४ दिने भ्रमणका क्रममा बिहीवार काठमाडौं आइपुगेको हो । नेपाल आएलगत्तै उच्चस्तरीय टोलीले राजनीतिक भेटघाटलाई तीव्र पारेको छ । पहिलो भेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग बिहीवार बालकोटमा भयो । टोलीसँगको शिष्टाचार भेटमा ओलीले सत्तारूढ दलहरूको धारणा नआई त्यस सम्बन्धमा आप्mनो पार्टीले धारणा नबनाउने बताए । भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले अध्यक्ष ओलीले फातिमा नेतृत्वको टोलीलाई दिएको जवाफ उद्धृत गर्दै उनले भने, ‘हामी विपक्षमा छौं । सत्तारूढ पार्टीको पोजिशन के हो ? त्यो स्पष्ट भएपछि मात्रै आफ्नो धारणा राख्छौं ।’ यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच बिहीवार नै भेटवार्ता भएको छ । बिहीवार साँझ सिंहदरबार पुगेर एमसीसी उपाध्यक्ष सुमार, सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेको हो । उपाध्यक्ष फातिमाले लामो समय ‘नेगोशिएशन’ भएर एमसीसी टुंगिएको उल्लेख गर्दै त्यसबारे एमालेको धारणाबारे चासो राखेकी थिइन् । फातिमासहितको टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताहरूसँग भेटवार्ता गरी एमसीसीबारे धारणा माग गर्ने कार्यतालिका छ । छिल्लो समय देशै आन्दोलित बन्दै गएको छ । तर, एमसीसी परियोजना आफ्नो देशको कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा रणनीतिको अंग नभएको अमेरिकाले जवाफ दिएको छ । संसद्मा विचाराधीन एमसीसी सम्झौताबारे नेपालमा चौतर्फी विवाद भएपछि सरकारले ११ ओटा प्रश्नमा आधारित भई एमसीसीको मुख्यालयलाई पत्राचार गरेको थियो । उक्त पत्रचारको जवाफ दिँदै बुधवार अमेरिकाले परियोजना कुनै पनि सैन्य गठबन्धनको अंग नभएको स्पष्टीकरण दिएको थियो । मुख्यालयले एमसीसीसँग सम्बद्ध बौद्धिक सम्पत्तिमा नेपालकै स्वामित्व हुने, परियोजना सञ्चालनका लागि खरीद गरिएका जग्गा स्वतः नेपाल सरकारको स्वामित्व जाने, लेखा परीक्षण नेपालकै महालेखा परीक्षकबाट हुने जवाफ दिएको छ । सम्झौतामा बौद्धिक सम्पत्तिमा अमेरिकको हक दाबी रहने, खरीद गरिएका जग्गा अमेरिकाको स्वामित्वमा जाने र त्यसलाई उसले आपूmअनुकूल प्रयोग गर्न सक्ने जस्ता प्रावधान रहेको भन्दै नेपालमा विरोध हुँदै आएको छ ।

एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता, के भयो कुराकानी ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमसीसीकी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।

एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी

काठमाडौँ– बुधबार काठमडौँ आइपुगेको अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को प्रतिनिधिमण्डलले भेटवार्ता सुरु गरेको छ । एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले काठमाडौंमा पहिलो भेट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सुरु गरेको हो । एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र एमसीसी प्रतिनिधिमण्डलबीच ओली निवास बालकोटमा वार्ता भइरहेको छ। एमसीसी […]

एमसीसी उपाध्यक्ष सुमार भेटवार्तामा सक्रिय, अहिले ओली निवास बालकोटमा

काठमाडौं, २४ भदौ । चार दिने नेपाल भ्रमणमा आजमात्रै काठमाडौं ओर्लिएकी एमसीसीकी उपाध्यक्ष फतिमा सुमार राजनीतिक भेटवार्तामा सक्रिय भएकी छिन् । काठमाडौं ओर्लिनेबित्तिकै केहीबेर आराम गरेर लञ्च गरेपछि उनी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न ओलीको निवास बालकोट पुगेकी छिन् । भेटवार्तामा उनीसँगै नेपाल आएका एमसीसीका नायब […]

एमसीसी उपाध्यक्ष फतिमा किन नेपालआउँदैछिन्

काठमाडौं, २२ भाद्र । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा जे. सुमर बिहिबार नेपाल आउँदैछिन् । ५० करोड अमेरिकी डलरको आयोजनाबारे प्रमुख राजनीतिक दलहरुभित्र पक्ष विपक्षमा धारणाहरु आइरहँदा फतिमा नेपाल आउन लागेकी हुन् । एमसीसी सम्झौतामा संसदबाट पारित गर्नुपर्ने बुँदा छ । त्यसपछि मात्र यो आयोजना कार्यान्वयन हुनथाल्छ । तर, सत्ता पक्षभित्रै […]