न्याय परिषद् सदस्यमा लक्ष्मीबहादुर निराला

काठमाडौं : संघीय संसद् संसदीय सुनुवाइ समितिले लक्ष्मीबहादुर 'निराला' खड्कालाई न्याय परिषद् सदस्य पदमा अनुमोदन गरेको छ। समितिले आज सुनुवाइ गर्दै खड्कालाई अनुमोदन गरेको हो। सरकारले खड्कालाई न्याय परिषद् सदस्य पदमा गत पुस ३ गते सिफारिस गरेको थियो। खड्काविरुद्ध उजुरी नपरेपछि समितिले उनलाई आज अनुमोदन गरेको

सम्बन्धित सामग्री

न्यायपरिषद् सदस्यमा रामप्रसाद भण्डारी नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेका छन् । शुक्रवार प्रधानमन्त्रीले रामेछापको सुनापती गाउँपालिका घर भएका वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी ‘संभव’लाई परिषद् सदस्यमा नियुक्त गरेका हुन् । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निराला खड्काको वैशाख २१ मा निधन भएपछि एकजनाको पद खाली थियो । निरालाको कोभिड–१९ संक्रमणबाट निधन भएको थियो । प्रधानमन्त्रीको तर्फबाट नियुक्त गर्न सकिने पदमा ‘सम्भव’ नियुक्त भएका हुन् ।

न्याय परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ ।    परिषद्का सहसचिव मानबहादुर कार्कीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै आज परिषद् सचिवालय बन्द रहने उल्लेख...

न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निरालाको निधन

न्याय परिषद् सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ ।

काेराेना सङ्क्रमित न्याय परिषद् सदस्य निराला रहनुभएन

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमित हुनुभएका न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको ज्यान गएको छ । मङ्गलवार बिहान निरालाकाे उपचारका क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा ज्यान गएको हो । कोरोना सङ्क्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उहाँ गएको वैशाख १० गते अस्पतालमा भर्ना हुनु भएको थियो । खड्का २०७६ पुसमा न्याय परिषद् सदस्यमा नियुक्त हुनुभएको थियो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा उहाँ महान्यायाधीवक्ता हुनुभएको थियो ।

कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको मृत्यु

कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको मृत्यु भएको छ ।

लक्ष्मीबहादुर खड्का न्याय परिषद् सदस्यमा नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नुभएको छ ।

निराला न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लक्ष्मीबहादुर 'निराला' खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन्। संविधानको धारा १५३ को उपधारा(१) को खण्ड (घ) बमोजिम निरालालाई न्याय परिषद्को सदस्यमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  आइतवार संघीय संसद् संसदीय सुनुवाइ समितिले निरालालाई न्याय परिषद् सदस्य पदमा अनुमोदन गरेको