काेराेना सङ्क्रमित न्याय परिषद् सदस्य निराला रहनुभएन

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमित हुनुभएका न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको ज्यान गएको छ । मङ्गलवार बिहान निरालाकाे उपचारका क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा ज्यान गएको हो । कोरोना सङ्क्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उहाँ गएको वैशाख १० गते अस्पतालमा भर्ना हुनु भएको थियो । खड्का २०७६ पुसमा न्याय परिषद् सदस्यमा नियुक्त हुनुभएको थियो भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा उहाँ महान्यायाधीवक्ता हुनुभएको थियो ।  

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको मृत्यु

कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको मृत्यु भएको छ ।

Shilapatra

काेराेना सङ्क्रमित न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर निरालाको निधन

पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड-१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो।

न्याय परिषद सदस्य निरालाको कोरोना संक्रमणबाट निधन

काठमाडौं, २१ बैशाख । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी बैशाख १० गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारार्थ थितए । उनको आज मंगलबार विहान निधन भएको हो ।file photo

Reporters Nepal

काेराेना सङ्क्रमितको उपचारका लागि काठमाण्डौबाट झापा पुर्‍याइयाे

काठमाण्डाै – काठमाण्डौका अस्पतालमा कोरोनाका जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटरसहित सघन उपचार कक्ष आईसीयू शय्याकाे चरम अभाव हुन थालेपछि उपत्यकाबाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजान थालिएको छ ।  काठमाण्डौको मनमोहन अस्पतालमा उपचाररत एक काेराेना भाइरसका सङ्क्रमितलाई साेमवार (आज) झापाको बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालमा लगिएको छ । बिरामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत 'बेड लिफ्ट' गरिएको हाे ।  काठमाण्डौका अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू शय्या नपाएपछि झापा...

उज्यालो अनलाइन

काठमाण्डौ उपत्यकामा एक हजार पाँच सय ६१ सङ्क्रमित थपिए

काठमाण्डाै – गएकाे २४ घण्टामा काठमाण्डौ उपत्यकामा एक हजार पाँच सयभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा एक हजार एक सय २७ जना, भक्तपुरमा एक सय ८२ जना र ललितपुरमा दुई सय ५२ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।  गएको २४ घण्टामा देशभर चार हजार नाै सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ भने कोरोनाका कारण अहिलेसम्मकै धेरै ३५ जनाको ज्यान गएको छ ।  केही हप्तायता काठमाण्डाै उपत्यकासहित देशका ठूलाे सहरमा काेराेना सङ्क्रमण...

उज्यालो अनलाइन

पछिल्लो २४ घण्टामा १४ जना सङ्क्रमितको ज्यान गयो

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा १४ जनासहित नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३१ सय ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा २६ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७५ सय २५ जनाको पीसीआर परीक्षण गर्दा २४ सय ८६ जना र ११ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३३ जना गरी २६ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।आज थपिएका सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दु...

उज्यालो अनलाइन

कोरोना देखिएका विद्यालय एक हप्ता बन्द गर्ने काठमाण्डौ महानगरपालिकाकाे निर्णय

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले कुनै विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण भए कम्तीमा एक हप्ता विद्यालय बन्द गर्न आग्रह गरेको छ । महानगरपालिकाले विज्ञप्ति निकालेर शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण भए एक हप्ता विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन गर्न गराउन आग्रह गरेको हो । वैकल्पिक व्यवस्था नभएका विद्यालयहरूले भौतिक दूरी कायम गर्ने, मास्क अनिवार्य प्रयोग गर्ने तथा साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाइजरले हात सफा गर्ने जस्ता जनस्वास्थ्यका सबै मापदण्ड पाल...

उज्यालो अनलाइन

भारतमा एकैदिन झण्डै दुई लाखमा काेराेना सङ्क्रमण

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको भारतका विभिन्न सहरमा लकडाउन र कर्फ्यु लगाइएकाे छ ।  गएको २४ घण्टामा भारतमा कोरोनाका कारण एक हजारभन्दा धेरै जनाको ज्यान गएको छ भने यो अवधिमा  झण्डै दुई लाख जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै भारतको कोरोना सङ्क्रमितको संख्या एक करोड ४० लाख ७० हजारभन्दा धेरै पुगेको छ । कोरोनाका कारण अहिलेसम्म त्यहाँ एक लाख ७३ हजार १ सय ५२ जनाको ज्यान गएको छ । विश्वमा अमेरिकापछि भारत कोरोेनाका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । सङ्क्रमण फैलिएसँगै भारतको राजस्थ...

उज्यालो अनलाइन

‘फागुमा कोरोना होइन, माया बाडौँ, जमघटबाट टाढा बसौँ'

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दै गएकाले जमघट नगरि फागु पर्व मनाउन विज्ञले सुझाव दिएका छन्  । काठमाण्डौ उपत्यकासहित देशका धेरै सहरमा केही दिनयता प्रदूषण बढ्दै गएको छ भने कोरोना भाइरसको सङ्क्रमणको दर पनि बढेको छ । यसले गर्दा जोखिम थप बढेकाले जनस्वास्थ्यका मापदण्ड पालनामा ध्यान दिन स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिर अधिकारीले आग्रह गर्नु भएको हो ।  भीडभाड गरेर फागु मनाउँदा वा जमघट गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस प्रवेश गर्ने सम्भावना रहेकाले सचेत हुन उहाँको आग्रह छ । अन्य व्यक्...

उज्यालो अनलाइन

२४ घण्टामा काेराेना सङ्क्रमणबाट तीन जनाकाे ज्यान गयाे

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । अहिलेसम्म काेराेना सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यस्तै तीन हजार सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार एक सय ६६ जनामा कोरोना पुष्टि भएको छ । यस्तै थप एक सय ११ जना निको भएसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६९ हजार पाँच सय पाँच पुगेको छ ।  अहिले नेपालम...

उज्यालो अनलाइन