काठमाडौँ : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरूङले जानकारी दिए।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले सोमबार कांग्रेससँगको सहकार्य छुटाएर एमालेसहितका दलको समर्थनमा नयाँ सरकार गठन गरेका थिए।
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' स्वदेश फिर्ता हुनुभएकाे छ । भारतको चार दिने औपचारिक भ्रमण पूरा गरी उहाँ आज स्वदेश फर्किनुभएकाे हाे ।
नयाँदिल्लीमा रहेको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थमा भारतीय विदेशमन्त्रालयका राज्यमन्त्री मनाक्षी लेखीले उहाँलाई बिदाइ गर्नुभएको थियाे।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गर्नुभएको थियो । भ्रमणकै क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपत...
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण पुरा गरी आइतबार साँझ स्वदेश फिर्ता भएका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । उनले भारतले आफ्नो भ्रमणलाई निकै महत्व दिएको उल्लेख गर्दै प्रधानमन्त्री हुँदाखेरी जाँदा भन्दा पनि अहिले बढी सम्मान पाएको बताए । उनले भारतीय अधिकारी विशेषगरी भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताए । ‘उहाँसँग संवाद कस्तो होला भन्ने भित्रैदेखि भएको थियो । संविधान
काठमाडौं । व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहले गरेको आमहड्ताल फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्ड माधव पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै विहिबारका लागि देशव्यापी आमहड्तालको घोषणा गरेपछि व्यवसायीहरुले बन्दले सर्वसाधरणले दुःख पाउने भन्दै हड्तालको कार्यक्रम फिर्ता लिन आग्रह गरेका हुन् ।कोरोनाका कारण लामो समय बन्द रहेको ब्यापार व्यवसाय भर्रखरै चलायमान हुन थालेको बेला यस्ता बन्द हड्तालले झन ठूलो असर गर्ने भन्दै उनीहरुले हड्तालको विकल्प खोज्न आग्रह गरेका छन् ।
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार स्वदेश फर्किएका छन् । पत्नी सीता दाहालको उपचारका लागि पुस २० गते भारतको मुम्बई गएका प्रचण्ड शनिवार स्वदेश फर्किएका हुन् ।अध्यक्ष प्रचण्डको स्वागतका लागि नेकपाका नेता वर्षमान पुन, जोखबहादुर महरालगायत नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल पुगेका थिए ।उनी पत्नी सीताको उपचार एवं अन्य बन्दोबस्तका लागि छोरी गङ्गा र रेनु दाहाललाई छाडेर स्वदेश फर्कि
निर्वाचन आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेजस्तो नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आधिकारिकता दाबीसहित दिएको निवेदन फिर्ता नभएको जनाएको छ ।
आयोगका सह–प्रवक्ता कोमल धमलाले प्रचण्ड-नेपाल पक्षको निवेदन फिर्ता भएको भन्ने कुरा साँचो नभएको बताए ।
‘निवेदन फिर्ता भएको छैन, यो कुरा साँचो हैन,’ लोकान्तरसँग सह–प्रवक्ता धमलाले भने ।
यसअघि आजै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा आधिकारिकताको दाबीसहित ‘प्रचण्ड’-नेपाल समूहले निर्वाचन आयोगमा दिएको निवेदन रि...
काठमाडौं । प्रधानमन्त्री केपी केपी शर्मा ओलीले नेकपामा आएको विवादपछि आधिकारिकताका लागि प्रचण्ड–माधव नेपाल पक्षले दिएको निवेदन निर्वाचन आयोगले फिर्ता पठाइदिएको दावी गरेका छन् ।शुक्रबार प्रवासी नेपाली मन्चका कार्यकर्तालाई जुममार्फत सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सूर्य चिन्ह र नेकपा पनि आफ्नै समूहको हुने दावी गरे । ‘उहाँहरु सूर्य चिन्ह पाउँ भनेर निर्वाचन आयोगमा जानुभएको थियो,आयोगले निवेदनको रित नपेगेको, कानुन उल्लेख नभएको, फिर्ता पठाएको छ हिजो’ ओलीको भनाइ थियो ।