कोरोनाको जोखिम शहरमा भन्दा गाउँमा बढी

पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ …

सम्बन्धित सामग्री

सहरमा भन्दा गाउँमा कोरोनाको जोखिम बढी

पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ।

पर्यटकको पर्खाइमा भुकगाउँ

पर्वत । घरको आँगनबाट देखिने हिमालका पंक्ति । चिटिक्क मिलेको गोरेटो बाटो । ढुंगाले छाएका घरहरू । बजारको कोलाहलबाट टाढा । गाउँलेको न्यानो आतिथ्यसहितको होमस्टे... । यो विशेषता पर्वतको पर्यटकीय गाउँ भुकगाउँको हो । कोरोना कहरपछि यो गाउँ पर्यटकको पखाईमा छ ।   झन्डै एक दशकअघि नेपालमा शुरू भएको ‘इकोभिलेज’को अवधारणाले विस्तारै गति लिइरहेको बेला भुक पनि इकोभिलेजको रूपमा विकास हुँदै गएको छ । गाउँका प्रत्येक गल्लीमा सडक बत्ती, ढल निकाससँगै गाउँमा हिँड्न कलात्मक ढुंगाले बनाइएको करीब डेढ किलोमिटर लामो सिँढी बाटो, ढुंगाले छाइएका घरहरू, सडक छेउमा रोपिएका विरुवा, त्यहाँबाट देखिने प्राकृतिक दृश्य र गाउँकै अर्गानिक उत्पादनलगायत कारण भूकमा कोरोनाकाल अघिसम्म पर्यटकको बाक्लो उपस्थिति हुने गरेको थियो । कोरोनापछि भने सुनसान जस्तै बनेको छ । ‘कोरोनाभन्दा अघिसम्म त यहाँ पाहुनाको लाइनै लाग्थ्यो । कोरोनाले सुनसान बन्यो, हामी पनि अत्तालियौं,’ भुक देउराली विकास मञ्चका संयोजक पञ्चकाजी गुरुङले भने, ‘अब विस्तारै कोरोनाको जोखिम कम हुँदै गएको जस्तो देखिएको छ । यहाँका रमाइला ठाउँहरू घुम्ने सिजन पनि यही बेला हो । अब त पर्यटक यहाँ आउनुपर्छ ।’ पाहुनाहरूलाई स्थानीय स्वाद र रमाइलोको अनुभूतिका लागि १० ओटा ‘होमस्टे घर’ समेत स्थापना गरिएको भूकमा बाजागाजा, दोहोरी लगायत मनोरञ्जनात्मक गतिविधि समेत होमस्टेमा हुने भएकाले पनि पाहुनाको प्रतीक्षामा रहेको होमस्टेका अध्यक्ष टेकबहादुर गुरुङले बताए । भुकगाउँ कास्कीको नयाँ पुल र पर्वतको पातिचौरबाट सवारीसाधनमा जान सकिन्छ भने पदयात्राका लागि नयाँ पुल रोजाइको ठाउँ हो । पदयात्रा गर्दै जाँदा करीब चार घण्टा लाग्छ भने सवारीसाधनमा जाँदा करीब डेढ घण्टाजति लाग्छ । पर्वतका सातओटा पालिकामा गरी झन्डै ४५ ओटा होमस्टे छन् । कोरोना संक्रमणको दर घट्दै गएपछि होमस्टे विस्तारै तँग्रिन थालेका छन् । अहिले अधिकांश होमस्टे आन्तरिक पर्यटकको भरमा सञ्चालन भइरहेका छन् ।

पर्यटकको पर्खाईमा पर्वतको भुकगाउँ

कार्तिक २९, पर्वत । घरको आँगनबाट देखिने हिमालका पंक्ति । चिटिक्क मिलेको गोरेटो बाटो । सबै घर ढुंगाले छाएका । बजारको कोलाहलबाट टाढा । गाउँलेको न्यानो आतिथ्यता सहितको होमस्टे । पर्वतको पर्यटकीय गाउँ भुकगाउँ जिल्लाकै घुम्नलायक गाउँ हो । कोरोना कहर पछिको अवस्थामा यो गाउँले पर्यटक पर्खिरहेको छ । झन्डै एक दशकअघि नेपालमा शुरु भएको ‘इकोभिलेज’को अवधारणाले विस्तारै गति लिइरहेको बेलामा भुक पनि ‘इकोभिलेज’ को रूपमा विकास हुँदै जिल्लाकै नमूना ‘इकोभिलेज’ मा परिणत हुँदैछ । यो गाउँ  गाउँका प्रत्येक गल्लीमा सडक बत्ती, ढल निकाससँगै गाउँमा हिँड्नका लागि कलात्मक ढुंगाले बनाइएको करीब डेढ किलोमिटर लामो सिँढी बाटो, ढुंगाले छाइएका घरहरू, सडक छेउमा रोपिएका बिरुवा, त्यहाँबाट देखिने प्राकृतिक दृश्य र गाउँकै अर्गानिक उत्पादनलगायतका कारण भुकमा कोरोना कहर अगाडिसम्म पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरे पनि कोरोना पछि भने सुनसान जस्तै बनेको छ ।  ‘कोरोनाभन्दा अगाडिसम्म त यहाँ पाहुनाहरूको लाइनै लाग्थ्यो। कोरोनाले सुनसान बन्यो‚ हामी पनि अत्तालियौँ,’ भुक देउराली विकास मञ्चका संयोजक पञ्चकाजी गुरुङले भने, ‘अब विस्तारै कोरोनाको जोखिम कम हुँदै गएको जस्तो देखिएको छ । यहाँका रमाइला ठाउँहरू घुम्ने सिजन पनि यही बेला हो । अब त पर्यटकहरु यहाँ आउनुपर्छ ।’ पाहुनाहरूलाई स्थानीय स्वाद र रमाइलोको अनुभूतिका लागि १० ओटा ‘होमस्टे घर’ समेत स्थापना गरिएको भूकमा बाजागाजा, दोहोरी लगायतका मनोरञ्जनात्मक गतिविधिहरू समेत ‘होमस्टे’ मा हुने भएकाले पनि पाहुनाको प्रतीक्षामा रहेको ‘होमस्टे’ का अध्यक्ष टेकबहादुर गुरुङले बताए ।  भुक जानका लागि कास्कीको नयाँ पुल र पर्वतको पातिचौरबाट सवारीमा जान सकिन्छ भने पदयात्राका लागि नयाँ पुल रोजाइको ठाउँ हो । पदयात्रा गर्दै जाँदा करीब चार घण्टा लाग्छ भने सवारीमा जाँदा करीब डेढ घण्टा जति लाग्छ । पर्वतका सातओटा पालिकामा गरी झण्डै ४५ ओटा होमस्टे रहेका छन् । कोरोना संक्रमणको दर न्यूनीकरण हुँदै गएपछि दुई वर्षदेखि बन्द होमस्टेहरु विस्तारै तंग्रीन थालेका छन् । अहिले अधिकांश होमस्टे आन्तरिक पर्यटकको भरमा सञ्चालन भइरहेका छन् ।

महामारीकै बीच काम खोज्न भारत जानेको लर्को

डाेटी – कोरोनाको जोखिम कायमै रहेका बेला त्यसको बेवास्ता गर्दै सयौँ सुदूरपश्चिमेली काम खोज्नका लागि दिनहुँ भारत पस्न थालेका छन् । यहाँका गाउँघरमा खेतीपातीको काम सकिएपछि गाउँमा रोजगारी नपाउँदा यहाँका वृद्ध, महिला, बालबालिका तथा युवा काम खोज्नकै लागि भारतका विभिन्न शहर जाने क्रम निकै बढेको छ । कैलालीमा रहेको इलाका प्रहरी कार्यालय त्रिनगरका अनुसार प्रत्येक दिन कम्तीमा पनि ५०० देखि ७०० युवा काम खोज्न भारत जान थालेका छन् । अधिकांश नेपाली भारतको पञ्जाब, मुम्बई, आगरा, राजस्थान, बरेली, लखनऊ, सिमला तथा काला पहाडका ...

भाेट हालेर छानिन्छन् 'भलमन्सा’

धनगढी उपमहानगरपालिकास्थित भादा गाउँका ३३ वर्षीय सन्तबहादुर चौधरीले गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको ११ वर्ष पुगेको छ । एघार वर्षअघि थारु समुदायले आफ्नै शैलीमा गरेको मतदानको प्रक्रियाबाट उहाँले आफ्ना प्रतिस्पर्धी तीन जनालाई ५७ मतले पराजित गर्दै भलमन्सा पदमा विजयी हुनुभएको थियो । निर्वाचित भएपछि वर्षेनी गरेको कामको मूल्याङ्कनका आधारमा गाउँवासीले उहाँलाई भलमन्साको जिम्मेवारी दिँदै आएका छन् । भादा गाउँ थारु समुदायको नमूनाको गाउँ पनि हो । शतप्रतिशत घरधुरी थारु समुदाय रहेको यो गाउँमा भादा होम स्टे (भादा गाउँ घरवास कार्यक्रम) सञ्चालन हुँदै आएकामा पछिल्लो पटक कोरोनाको कहरका कारण यो कार्यक्रम भने प्रभावित भइरहेको छ । “यस वर्ष पनि भलमन्सा छनौटका बारेमा भेला गर्ने तयारी भइरहेको छ”, पदको जिम्मेवारी बहन गरेबापत् पारिश्रमिकको रुपमा खाद्यान्न पाइरहेका उहाँले भन्नुभयो, “गाउँवासीको भेलाले गर्ने निर्णय आफूले मान्नै पर्ने हुन्छ ।” घरमा भाइहरुबीच अंशबण्डा हुँदा बढेको घरायसी जिम्मेवारीका कारण कैलालीको हसुलिया गाउँका भलमन्सा रामबहादुर चौधरीले तीन वर्षअघि नै गाउँको भलमन्साको जिम्मेवारी छोड्नुभएको थियो । हाल भलमन्साको जिम्मेवारीमा रहनुभएका भोला चौधरी पुनः उक्त पदमा बस्ने नबस्ने टुङ्गो माघ ३ गते हुने भेलावाट लाग्ने उहाँ बताउनु हुन्छ । पदमा बसेर काम गर्न नसक्नेलाई भने पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ । कतिपयले स्वेच्छाले पनि यो जिम्मेवारीबाट अलग हुने गर्छन् । थारु समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला (चिट्ठा) प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनौट गर्ने गरिन्छ । माघ महिना शुरु हुन लागेसँगै यतिवेला कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने चौधरी थारु समुदायमा ‘माघी’ अर्थात् माघे सङ्क्रान्ति पर्वको रौनक देखिँदा गाउँको मुख्य व्यक्ति ‘भलमन्सा’ को पदमा कस्तो व्यक्तिलाई छनौट गर्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ । कोरोनाको जोखिम हुनसक्ने भन्दै कतिपय बस्तीमा यस्तो भेला गर्न भने केही असहज भइरहेको बताइएको छ ।