कर्णाली प्रदेशमा चालु आर्थिक बर्षको ११ महिनामा विभिन्न विपद्का घटनामा परी ३०५ जनाले ज्यान गुमाउनुपरेको छ । जसमध्ये सबैभन्दा बढी सुर्खेतमा ६८ जनाले ज्यान गुमाएका छन् । सुर्खेत प्रदेशको राजधानी बनेसँगै दैनिकजसो दुर्घटनाका घटनाहरु बढिरहेका छन् । कमजोर सडक सुरक्षा र अव्यवस्थित रुपमा सवारी–साधनहरुको आवत–जावतले दुर्घटनाका घटनाहरु बढिरहेका हुन् । जसका कारण दुर्घटनामा परी मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ । सुर्खेतपछि सबैभन्दा बढी सल्यानमा ६२, मुगुमा ३९, दैलेखमा २२, जाजरकोटमा ३०