काठमाडौँ– सांसदहरूले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उनीहरूले बाढीपहिरोबाट प्रभावितको पुनःस्थापनका साथै उनीहरूलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेका छन् । बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद तारादेवी भट्टले देशभर बाढीपहिरोबाट अत्यधिक क्षति पुगेकाले पीडितलाई उचित क्षतिपूर्तिका […]