पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम घटना भएका थिए । विसं २०७३ पछि विपद्का घटना क्रमशः दुई हजारबाट उकालो लागेकामा पछिल्ला केही वर्ष (विसं २०७५–२०७७) मा भने चार हजार बढी प्राकृतिक विपत्ति निम्तिए । बाढीका कारण हुने मानवीय क्षति घटे पनि …