वायुसेवा सञ्चालक संघले हवाई क्षेत्रमा पीसीआर परीक्षणको अनिवार्यता र सीसीएमसी फारम भर्नुपर्ने प्रावधान हटाउन माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै संघले यस्तो आग्रह गरेको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन उद्योग अझ अन्यौल र अनिश्चिततामा रुमल्लिएको जनाउँदै संघले अब सहजीकरण गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।