पुल नबन्दा यात्रुलाई सास्ती

भेरी करिडोरअन्तर्गतको जाजरकोट– डोल्पा सडकखण्डमा ५ खोलामा पुल नहुँदा यात्रुहरू सास्ती भोग्न बाध्य छन् । पुल नभएकै कारण विभिन्न स्थानमा दैनिक उपभोग्य सामान झोलुंगेपुलबाट बारबार गर्नुपर्ने बाध्यता छ । सडकको जाजरकोट खण्डमा अधिकांश पुल बने पनि डोल्पा खण्डमा पुल नबन्दा यात्रुहरू सास्ती भोग्न बाध्य भएका हुन् ।

सम्बन्धित सामग्री

बेगखोलामा पुल नहुँदा मुस्ताङ जाने यात्रुलाई सास्ती

म्याग्दी  : हिमालपारिको जिल्ला मुस्ताङलाई संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा यात्रु  सास्ती खेप्न बाध्य छन्।बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा तीर्थयात्री, पर्यटक, यातायात व्यवसायी लगायत उत्तरी म्याग्दी र मुस्ताङका  स्थानीयबासी जोखिम मोल्न बाध्य भएका हुन्। हिउँदमा कुनै समस्या नभए पनि वर्षामा बेगखोलामा पानीको बहाब बढेपछि खो

पाँच वर्षपछि बल्ल पुल बनाउन थालियो, बर्खामा यात्रुलाई सास्ती

जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा वर्षाका समयमा सवारीसाधन र यात्रुलाई वारपार गर्न समस्या भएको छ । यस क्षेत्रमा हल्का पानी परेमा यातु घण्टौँ रोकिनुपर्छ । असार लागेलगत्तै खोलामा पानीको सतह बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जाने सवारीसाधनलाई खोला वारपार...

पप्पु कन्स्ट्रक्सनले बनाएन ९ वर्षसम्म पनि रानीघाट पुल

निर्माण थालिएको ९ वर्ष भइसक्दा पनि सुर्खेत–तेलपानी–भुरीगाउँ सडकखण्डमा पर्ने रानीघाटस्थित भेरी नदीको पुल अझै बनेको छैन । पुल नबन्दा यात्रुलाई सुर्खेत–बर्दिया आवतजावत गर्न रत्न राजमार्ग हुँदै बाँकेको कोहलपुर भएर जानुपर्ने बाध्यता छ । २०७१ मा आएको बाढीले झोलुंगे पुलसमेत भत्काएपछि स्थानीय थप सास्ती भोग्न बाध्य छन् ।

पुल नहुँदा यात्रुलाई सास्ती

पूर्वमन्त्री तथा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टको क्षेत्रमा पर्ने व्यस्त सडकमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास–छल्दी–हुलाके–सिमलटारी सडकखण्डमा पक्की पुल नबन्दा यात्रुले सास्ती खेपेका हुन् ।विष्टको निर्वाचन क्षेत्रमा धेरै आशा गरिएको यो मदन भण्डारी राजमार्गमा सडक पक्की बन ेपनि खोलामा पक्की पुल नबन्दा […]

बेगखोलामा पुल नहुँदा यात्रुलाई सास्ती

म्याग्दी । बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा यात्रुले सास्ती खेप्नुपरेको छ । वर्षामा खोलामा आउने बाढीका कारण दैनिक रूपमा बाटो अवरुद्ध हुनुका साथै खोला तर्न नसकेर यातायातका साधन र पैदलयात्रु अलपत्र पर्ने गरेका छन् । २०७३ सालमा आएको बाढीले बेगखोलामा बस्तीसँगै मोटरेबल पुल र झोलुंगे पुल बगाएपछि बेनी जोमसोम सडकको यात्रा कष्टकर बन्दै आएको छ । ४ वर्ष बितिसक्दा पनि सम्बद्ध निकायसँग बेगखोलामा पुल बनाउने योजना छैन । खोलामा बहाव बढेपछि अलपत्र पैदलयात्रुलाई डोजरमार्फत वारपार गराउनुपर्ने बाध्यता छ । बेगखोलामा पुल बनाउन संघ सरकार र गण्डकी प्रदेश सरकारसँगै म्याग्दी र मुस्ताङका जनप्रतिनिधिले बेवास्ता गर्दा आफूहरूले सास्ती खेप्नुपरेको स्थानीयवासीको गुनासो छ । खोला तर्ने क्रममा अकस्मात् आउने बाढीले विभिन्न हलुका सवारीसाधन बगाउने गरेको छ । जिल्लाका राजनीतिक दल एवं नेताहरूले बेखखोलामा पक्की पुल निर्माण गर्न चासो नदिएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा गुनासो पोेख्दै आए पनि यसको सुनुवाइ हुन सकेको छैन । बाढीले पुल बगाएको चार वर्ष बितिसक्दा समेत म्याग्दीबाट निर्वाचित संघीय तथा प्रदेश सांसदले पुल निर्माणमा कुनै चासो नदिएको अन्नपूर्ण गाउँपालिकाका सुरेन गुरुङले बताए । यसैबीच, सडक विभागले बेगखोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भएको बताएको छ । यही आर्थिक वर्षमा निर्माण कम्पनीले काम शुरू गर्ने सडक विभागबाट जानकारी प्राप्त भएको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए ।

पुल निर्माणमा ठेकेदारको ढिलासुस्ती, जिल्लाबासीलाई सास्ती

तेह्रथुम – मध्यपहाडी लोकमार्गको निर्माणाधीन सक्रान्ति–म्याङलुङ्ग सडक खण्डमा पर्ने दुई खोलामा पुल निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले समयमा काम नगरेपछि यात्रुलाई सास्ती भएको छ । निर्माणाधीन लोकमार्गको सक्रान्ति–म्याङलुङ्ग खण्डमा पर्ने खोरुंगा र कोयाखोलामा मोटर गुड्ने पुल नबन्दा वर्षा सुरु भएपछि सवारी गुड्न सके...