बेगखोलामा पुल नहुँदा मुस्ताङ जाने यात्रुलाई सास्ती

म्याग्दी  : हिमालपारिको जिल्ला मुस्ताङलाई संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा जोड्ने एक मात्रै सडक बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल नहुँदा यात्रु  सास्ती खेप्न बाध्य छन्।बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा पक्की पुल नबन्दा तीर्थयात्री, पर्यटक, यातायात व्यवसायी लगायत उत्तरी म्याग्दी र मुस्ताङका  स्थानीयबासी जोखिम मोल्न बाध्य भएका हुन्। हिउँदमा कुनै समस्या नभए पनि वर्षामा बेगखोलामा पानीको बहाब बढेपछि खो