नवलपुर दूध, मासु र अण्डामा आत्मनिर्भर

दूध, मासु र अण्डामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुर आत्मनिर्भर बनेको छ । दूध, मासु र अण्डा जिल्लामा आवश्यकताका आधारमा बढी उपलब्ध भएको र तीनवटै उत्पादन जिल्ला बाहिर निर्यात हुने गरेको छ ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा ऋषभ गुरागाईंका अनुसार दूध प्रति वर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकामा नवलपुरमा दुई सय ८१ लिटर उपलब्ध रहेको छ । जिल्लामा प्रति वर्ष प्रति व्यक्तिका आधारमा एक सय ९० लिटर बढी दूध उत्पादन हुने गरेको छ । गत वर्षको तथ्याङ्कानुसार नवलपुरमा एक लाख

सम्बन्धित सामग्री

गण्डकीलाई पाँच वर्षमा आत्मनिर्भर बनाउँछौँ : मुख्यमन्त्री पाण्डे

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई पाँच वर्षमा आत्मनिर्भर बनाउने बताएका छन् । स्याङ्जाको वालिङ उद्योग वाणिज्य सङ्घ र वालिङ नगरपालिकाले आयोजना गरेको आठौँ वालिङ महोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले प्रदेशलाई दूध, मासु, तरकारी र फलफूलमध्ये कुनै एक क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए । “गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा सके दूध, मासु, […]

मासु र घाँसमा किसानलाई अनुदान

गलकोट (बागलुङ), १८ भदौ । बागलुङ जिल्ला मासुमा आत्मनिर्भर भइसकेको छ । जिल्लालाई मासुमा आत्मनिर्भर बनाउँदै खसीबोका निर्यात गर्ने उद्देशयले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले मासु र घाँसमा किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको जनाएको छ । जनसङ्ख्याका आधारमा जिल्लामा चाहिने मासुमा आत्मनिर्भर भइसकेकाले निर्यात बढाउने उद्देश्यले घाँस र मासुलाई जोडेर अनुदान कार्यक्रम […]

प्यूठान मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर

प्यूठान । प्यूठानमा मासु तथा अण्डा उत्पादनमा बृद्धि हुँदै गएको छ । पछिल्ला केहि वर्ष अघिसम्म जिल्ला बाहिरवाट मासु तथा अण्डा आयात गर्दै आएकोमा अहिले आत्मनिर्भर भएको छ । पछिल्लो केहि वर्षयता मासु तथा अण्डा प्यूठानबाट अन्य जिल्लामा निर्यात हुन थालेको छ । एकिकृत कृषि तथा पशुपंछी कार्यालय प्यूठानले आर्थिक वर्ष २०७८/७९ मा उत्पादन बढेर […]

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना व्यक्तिका लागि […]

बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर

२५ भदौ, बलेवा । व्यावसायिक किसानको सङ्ख्या बढेसँगै बागलुङ माछा, मासु र दूधमा आत्मनिर्भर भएको छ । जिल्लामा पछिल्लो केही वर्ष यता व्यावसायिक पशुपालन तथा माछापालनमा किसान आकर्षित भएका छन् । जिल्लाभर वार्षिक एक करोड ५५ लाख ९९ हजार दुई सय तीन लिटर दूध उत्पादन हुने गरेको छ । विश्व खाद्य सङ्गठनको मापदण्डअनुसार एक जना […]

कर्णाली प्रदेश मासुमा आत्मनिर्भर

कर्णाली प्रदेश मासुमा आत्मनिर्भर बनेको छ । पछिल्लो समय पशुपालन व्यवसायमा आकर्षण बढ्न थालेपछि कर्णाली प्रदेश मासुमा आत्मनिर्भर भएको हो । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी विकास निर्देशनालयका अनुसार कर्णाली प्रदेशले खसीबोका, भेडालगायत निर्यातसमेत गर्ने गरेको छ ।प्रदेशलाई पुग्ने मासु उत्पादन भएर पनि भेडाच्याङ्ग्रा निर्यात हुने गरेको निर्देशनालयका निमित्त निर्देशक मोहन गिरीले […]

यी २३ वस्तुमा नेपाल आत्मनिर्भर

काठमाडौं।उद्योग विभागले विभिन्न २३ वटा औद्योगिक उत्पादनमा नेपाल आत्मनिर्भर बनेको बताएको छ।विभागको प्रतिवेदनअनुसार ह्याचरी,कुखुरा, दूध, मासु, माछा,चिया, पिठो, मसला,पेन्ट, फलाम, जिंक पाता, कागज, ईटा, हरियो तरकारीमा नेपाल आत्मनिर्भर छ। यसैगरी, फर्निचर, साबुन/सर्फ, जीआई पाइप र एचडीपीई पाइपमा समेत नेपाल आन्तनिर्भर बनिसकेको विभागले जानकारी दिएको छ। विभागले सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरको विस्तृत अध्ययन प्रतिवेदन’मा यस्तो उल्लेख छ।

अण्डा, मासु, धूलो दूध र बटरमा नेपाल आत्मनिर्भर

सरकारले अण्डा, मासु, धुलो दूध र दूधजन्य पदार्थ बटरमा आत्मनिर्भर भएको घोषणा गरेको छ।

नेपाल पशुजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा हुँदै

काठमाडौं : सरकारले पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गर्दैछ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) बिहान १० बजे स्टाफ कलेज, जावलाखेलमा आयोजना हुने एक कार्यक्रममा धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेका हुन्‌।धुलो दूध, बटर, मासु र अण्डा आयात शून्यमा झरेको र नेपालमा भएको उत्पादन नै पर्याप्त हुने गरेको मन्त्रालयले दाबी गरेको छ। नेपालमा धुलो दूध ३ हजार मेट्रिकटन माग रहेको र उत्पादन ३ हजार ४ सय