तनहुँमा हराएको ४ दिनपछि एक युवाको शव मादी नदीमा फेला परेको छ ।
गत असार २९ गतेदेखि हराएका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङ नदीमा मृत अवस्थामा फेला परेका हुन् ।
ती व्यक्तिको शव व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा भेटिएको थियो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकको शव आइतवार सनाखत गरेर परिवारलाई बुझाइएको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए ।