कुलमानलाई प्रश्न, ‘बिजुली दिन नसकेपनि पैसा चाहिँ तिर्नुपर्छ भन्नु कति जायज ?’

नेपाल विद्युत प्राधिकरणको कार्यकारी नेतृत्व एकपछि अर्को विवादमा तानिएको छ । लोडसेडिङ अन्त्य गरेर देशभरी चर्चा कमाएका कुलमान घिसिङ दोस्रो कार्यकालका लागि अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा बहाल छन् । तर, उनले लोडसेडिङ अवधिमा लोडसेडिङको मार खेपेका उद्योगीहरुमाथि निरन्तर डण्डा प्रहार गर्दा अत्याधिक विद्युत खपत गर्ने उद्योग व्यवसायको क्षेत्र त्रसित बनेको छ ।२०७२ फागुन ११ गते नदीहरूमा जलस्तर घट्न गई विद्युत उत्पादन केन्द्रहरूबाट न्यून रूपमा विद्युत उत्पादन भएको हुँदा उद्योगहरूलाई लोडसेडिङको तालिकामा रहन अनुरोध गर्दै प्राधिकरणले एउटा सूचना निकाल्यो । तर, अहिले त्यो सूचनाको विरुद्द हुने गरी कुलमान उद्योगीहरुमाथि निरन्तर डण्डा बर्षाइरहेका छन् ।‘अर्को निर्णय नभएसम्मका लागि नेपाल सरकारका विभिन्न निकाय तथा सरकारी कार्यालय/अस्पताल, सुरक्षा अंग तथा संवेदनशील निकायहरूबाहेक निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठान/उद्योग/अस्पताल तथा नर्सिङ–होम आदिलाई डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ति दिने कार्य स्थगित गरिएको र डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ति लिइरहेका निजी औद्योगिक/प्रतिष्ठान/अस्पताल लगायतका ग्राहकहरूलाई २०७२/११/११ गतेदेखि लागू हुने गरी लोडसेडिङको तालिकाभित्र रहने गरी विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ भनिएको छ । तर, प्राधिकरण सञ्चालक समितिको २०७२ साल असार १२ गते बसेको ७१०औं बैठकले डेडिकेटेड लाइनको महशुल दर तोक्ने गर्ने निर्णय गरेको थियो । २०७२ साउन १ देखिको विद्युत खपतमा नयाँ दररेट अनुसार महशुल उठाइने भनिएपनि २०७२ फागुनमा आएर डेडिकेटेड फिडरमार्फत विद्युत दिन नसकिने भन्दै प्राधिकरण पन्छियो ।तर, ‘म बिजुली दिन सक्दिनँ, मैले बिजुली दिन नसकेपनि तिमीहरुले महशुल चाहिँ बुझाउनुपर्छ’ भन्ने प्राधिकरणको तर्क कति न्यायसंगत हो ? अहिले उद्योगीहरुले बारम्बार उठाउँदै आएको प्रश्न हो यो ।दोहोरो चरित्रप्राधिकरणसँग विद्युत महशुल तोक्ने कानुनी अधिकार छैन । तत्कालीन विद्युत महशुल निर्धारण आयोग नै बिजुलीको शुल्क तोक्ने निकाय थियो । तर, प्राधिकरणले २०७२ पुस २० गते आफूले तोकेको नयाँ महशुल दर अनुमोदनका लागि आयोगमा पत्र पठायो । आयोगले पनि प्राधिकरणको माग र अनुरोध अनुसार नै माघ १७ गते नयाँ महशुल दर अनुमोदन गरिदियो । ट्रंक लाइन र डेडिकेटेड फिडरमा विवाद भएपछि प्राधिकरण आयोग गुहार्न पुग्यो । ट्रंक लाइनको पनि डेडिकेटेड फिडरसरह नै महशुल उठाउन पाउने व्यवस्थाको माग गर्दै आयोग पुगेको प्राधिकरणको उक्त माग पनि आयोगले अनुमोदन गरिदियो । २०७३ असार १६ गते आयोगले ट्रंक लाइनको पनि डेडिकेटेड फिडरसरह नै भएकोले ट्रंक लाइनले पनि डेडिकेटेड फिडर अनुसार नै महशुल तिर्नुपर्ने निर्णय गरिदियो ।तर, आफ्ना सबै निर्णय आयोगबाट अनुमोदन गराएपछि प्राधिकरणले लोडसेडिङको सूचना निकालिदियो । उद्योगीहरु २०७२ फागुनदेखि लोडसेडिङमा बस्न बाध्य भए । लोडसेडिङको तालिका सार्वजनिक गरेर सोही अनुसार बिजुली उपलब्ध गराएको प्राधिकरणले डेडिकेटेड लाइनको महशुल तिर भन्नु प्राधिकरणको दोहोरो चरित्र भएको हाल अर्थमन्त्री रहेका तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले पनि स्वीकार गरिसकेका छन् ।मुकेश काफ्लेको निर्णय देखाएर कुलमानको एकोहोरोपनमुकेशराज काफ्ले १३ महिना प्राधिकरणको कार्यकारी प्रमुख रहे । २०७२ सालमा प्राधिकरणको कार्यकारी निर्देशक रहेका काफ्लेले २०७३ भदौ २५ गते पदबाट राजीनामा दिए । २०७३ भदौ २९ देखि २०७७ भदौ २८ अर्थात् ४ वर्ष कुलमान घिसिङले एकछत्र प्राधिकरणको नेतृत्व गरे । काफ्लेको कार्यकाल २०७२ साउनदेखि २०७२ माघ १७ सम्म डेडिकेडेट फिडरको नाममा महशुल उठान मिल्ने देखिँदैन । किनकी, त्यो अवधिमा आयोगले प्राधिकरणको प्रस्ताव स्वीकृत गरेकै छैन । २०७२ माघ १८ गतेदेखि २०७३ असार १५ गतेसम्मको पनि ट्रंक लाइनको महशुल उठाउन मिल्ने कानुनी आधार प्राधिकरणसँग छैन । किनभने, आयोगले असार १६ गते मात्रै ‘ट्रंक लाइनलाई डेडिकेटेड फिडरसरह’ मान्दै प्राधिकरणको प्रस्ताव अनुमोदन गरेको छ । २०७३ साल असारमा प्राधिकरणले साउनदेखि लागू हुने गरी महशुल संकलन विनियमावली सर्वजनिक गरेको थियो । विनियमावली कार्यान्वयनमा आएको र तत्कालिन आयोगले प्राधिकरणकै प्रस्तावअनुसार महशुल दर स्वीकृत गरेको भएपनि २०७३ साल साउनदेखि उठाउनुपर्ने ट्रंक र डेडिकेटेड फिडरको महशुल ३ वर्षसम्म नउठाएर कुलमानले २०७६ सालमा उद्योगीहरु नै झसंग हुने गरी किन बिल पठाए भन्ने जानकारी अहिलेसम्म न प्राधिकरणसँग छ, न कुलमानले नै सार्वजनिक गर्न सकेका छन् ।

सम्बन्धित सामग्री

सर्वोत्तम सिमेन्ट आईपिओ: प्रारम्भिक मूल्य प्रति कित्ता ६२७ रुपैयाँ

बिक्रि प्रबन्धक तथा सहायक बिक्रि प्रबन्धकहरुले सर्वोत्तम सिमेन्टको आईपिओको मूल्य प्रति कित्ता ६२७ रुपैयाँ ०६ पैसा जायज हुने निष्कर्ष निकालेका हुन् । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटल र सह बिक्रि प्रबन्धकहरु एनआईबिएल एस क्यापिटल तथा प्रभु क्यापिटलले कम्पनीको भ्यालुएसन मूल्य प्रति कित्ता ६२७ रुपैयाँ ०६ पैसा जायज हुने निष्कर्ष निकालेका हुन् ।बिक्रि प्रबन्धकहरुले गुणात्मक (क्वालीटेटिभ) र मात्रात्मक (क्वान्टिटेटिभ) कारकहरुको विश्लेषण गरेर यो मूल्य तय गरेको जनाएको छ ।गुणात्मक कारक तर्फ १६ वटा कारण पेश गरिएको छ भने मात्रात्मक तर्फ ५ वटा तरिका अपनाएको उल्लेख गरिएको छ । यद्यपि यो नै कम्पनीको आईपिओको अन्तिम मूल्य भने होइन । कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्ने छ । संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने छ । बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमा सहितको विवरणपत्र स्वीकृत भएपश्चात् योग्य संस्थागत लगानीकर्तालाई बोलकबोल मार्फत् धितोपत्र निष्काशन गर्नुपर्ने छ ।कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्काशित धितोपत्रको २० प्रतिशतभन्दा बढी धितोपत्रको लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाइने तथा कबोल गरेको शत प्रतिशत रकम तोकिएको निष्काशन बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्नुपर्ने वा गुड फर पेमेन्ट चेक पेश गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) निर्धारण गरी कट अफ मूल्य र सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदनकर्ताहरुलाई माग बमोजिमको धितोपत्र कट अफ मूल्यमा बाँडफाँड गर्नुपर्ने, कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिमको धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रुपमा बाँडफाँट गर्नुपर्ने तथा बाँडफाँटमा नपरेको रकम बाँडफाँट भएको तीन कार्य दिनभित्र आर्जित व्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने छ ।सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइने कम्पनीले जनाएको छ। यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। कम्पनीले असार १९ गते आइतबार योग्य संस्थागत लगानीकर्तासँग रोड सो कार्यक्रम गर्दै छ । निष्काशन तथा विक्री प्रबन्धकको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्य समेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम (Roadshow) संचालन गर्नु पर्ने ब्यबस्था छ । न्यूनतम १० योग्य संस्थागत लगानीकर्तासँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य तथा मूल्यांकनको आधार सहित प्रारम्भिक विवरणपत्रको सम्बन्धमा सुझाव प्राप्त गर्नुपर्ने छ । हाल योग्य संस्थागत लगानीकर्ताको संख्या १०० पुगिसकेको छ । योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृत संस्थाको पूर्ण सूची हेर्न यहाँ क्लिक गर्नु होला ।

नेपालीले विदेशमा लगानी गर्न पाउनुपर्छ

जुनसुकै क्षेत्रमा उत्पादनका लागि भूमि, श्रम, पूँजी र संगठन आवश्यक पर्छन् । केही वर्षयता स्वदेशमा रोजगारीका अवसर नपाउँदा ठूलो संख्याका नेपालीले विदेशमा श्रम बेचिरहेका छन् । नेपालीले विदेशमा गरेको श्रमको लगानीले विदेशी अर्थतन्त्र मौलाइरहेको छ । तर, नेपालीले विदेशमा पूँजी भने लगानी गर्न पाइरहेका छैनन् । विदेशमा लगानी गर्न पाउने कानून नहुँदा नेपालीलाई वैध तरीकाबाट विदेशमा लगानी गर्न समस्या परेको छ । नेपालका व्यवसायीहरूसँग केही विशेष व्यावसायिक अनुभव छ । त्यो अनुभव विदेशमा लगानी गरेर राम्रो आम्दानी गर्न सक्छन् । त्यसो भयो भने उनीहरूले विदेशमा कमाएर स्वदेश ल्याउँछन् । विदेशमा श्रम लगानी गर्न पाउने तर पूँजी लगानी गर्न नपाउने नीतिप्रति लामो समयदेखि उद्योगी व्यवसायीले गुनासो गर्दै विदेशमा पूँजी लगानी गर्न पाउनुपर्ने माग गरिरहेका छन् । जुन माग जायज हो । किनकि विदेशमा पूँजी लगानी गर्दा घाटा होइन, नाफा छ । विदेशमा लगानी गर्नेलाई मनग्यै कमाउने अवसर हुने भएकाले लगानी गर्न पाउनुपर्छ भन्ने माग जायज हो । छिमेकी मुलुक भारत, चीनले विदेशमा लगानी गर्न पाउने नीति लिएपछि स्वदेशमा औद्योगिकीकरणको विकास र विस्तार भएको हो । जब भारत र चीनका उद्योगी, व्यवसायीले विदेशमा गएर लगानी गरे, त्यसपछि उनीहरूले मनग्यै कमाए र सोही धनलाई स्वदेशमा ल्याई उद्योगधन्दा स्थापना गरे । त्यति मात्र नभई विदेशमा लगानी गर्दा शीप  पनि बढ्छ । मनसाय जेसुकै भए पनि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले आएर विदेशमा लगानी गर्न नदिनु लज्जास्पद भएको बताएका छन्, जुन भनाइ सकारात्मक हो । सरकारले २०२१ सालमा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन ल्याएर यस्तो लगानी गर्न रोकेको थियो । त्यतिबेला यस्तो गर्नु उपयुक्त थियो पनि होला तर, अहिले नेपालीहरू विश्वभरि छरिन पुगेको र चोरबाटोबाट धेरै देशमा नेपालीले लगानी गरिरहेको अवस्थामा प्रतिबन्धको अर्थ छैन । विदेशमा लगानी हुँदा त्यसले नेपालमा विदेशी लगानी र शीप फिर्ता पनि ल्याउँछ । नेपाली बैंकहरूलाई विदेशमा लगानी गर्न दिँदा कुनै समस्या देखिएको छैन । यसले पनि विदेशमा लगानी खुला गर्दा हुने फाइदालाई पुष्टि गर्छ । अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता समस्या बैंकहरूलाई विदेशमा लगानी गर्न दिएका कारण आएको होइन । नेपालका कैयन् निर्माण व्यवसायीले विदेशमा निर्माणका काम गरेका छन् । तर, विदेशमा लगानी गर्न पाइने नीति नहुँदा उनीहरूले विदेशमा गरेको कामको लेखाजोखा नै हुने गरेको छैन । बरु विदेशमा कमाएको सेतो धनलाई नेपालमा कालो धन बनाएर ल्याउनुपर्ने बाध्यता छ । नेपालीलाई विदेशमा लगानी गर्न दिँदा सबै पूँजी बाहिरिन्छ भन्ने कतिपयको डर देखिन्छ । तर, विदेशमा लगानी गरी पैसा कमाएपछि त्यो पैसा फेरि नेपाल आउन सक्छ भन्ने उनीहरूले सोचेको देखिँदैन । नेपालीले विदेशमा लगानी गर्न पाए भने त्यहाँका लगानीकर्तासँग नेपालीको चिनजान र सम्पर्क बढ्छ । यसले उनीहरूमाझ नेपाल पनि लगानीयोग्य देश हो भन्ने सन्देश जान्छ । त्यसबाट विदेशी लगानी भित्रिन पनि सहयोग मिल्छ । नेपालका व्यवसायीहरूसँग पनि केही विशेष व्यावसायिक अनुभव छ । त्यो अनुभव विदेशमा लगानी गरेर राम्रो आम्दानी गर्न सक्छन् । त्यसो भयो भने उनीहरूले विदेशमा कमाएको रकम स्वदेश ल्याउँछन् । उदाहरणका लागि नेपालीहरूसँग रहेको हाइ अल्टिच्युट टुरिजमको विशेष अनुभवलाई लिन सकिन्छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउँदा राम्राराम्रा सम्भावनाका क्षेत्र गुमाउनु परेको पनि छ । हो, विदेशमा लगानी गर्न दिने भन्दैमा अन्धाधुन्ध स्वीकृति दिन हुँदैन । त्यसमा केही शर्त र प्रावधान राखिनुपर्छ । शर्र्तैशर्त राखेर लगानी गर्नै नसक्ने अवस्था ल्याउनु पनि उपयुक्त हुँदैन । यस्तो शर्त बिस्तारै खुकुलो बनाउँदै लैजानु उपयुक्त हुन्छ । कुनै पनि लगानी पारदर्शी नहुँदा नै समस्या हुने हो । नेपालीलाई पारदर्शी तरीकाले विदेशमा लगानी गर्न दिँदा अहिलेजस्तो हुन्डीबाट पैसा विदेश लगेर लगानी गर्नुपर्ने बाध्यता हट्छ । अत: विदेशमा लगानी प्रतिबन्ध लगाउँदा अर्थतन्त्रले लाभ लिन नसकिरहेको अवस्थामा यो प्रतिबन्ध हटाउँदा अर्थतन्त्रले विविधीकरणको मौका पनि पाउँछ र अवैध बाटो बन्द हुँदा त्यसले अर्थतन्त्रलाई नै सघाउँछ । त्यसैले सरकारले आगामी वर्षको बजेटबाट नै यो प्रतिबन्ध हटाउन आवश्यक छ ।

आन्दोलरत व्यवसायीलाई जेठसम्मको समय माग्दै निगमको पत्र, रोकिएला त आन्दोलन ?

चैत ७, काठमाडौं। पेट्रोलियम व्यवसायीले ग्यास उठाउन छोडेर आन्दोलनमा उत्रिएपछि आयल निगमले व्यवसायीका संगठनलाई पत्र पठाएको छ । अध्ययनका लागि जेठ मसान्तसम्मको समय चाहिने भन्दै आन्दोलनका कार्यक्रम रोक्न निगमले पत्र पठाएको हो । तर व्यवसायील भने आफूहरूलाई भुलाउन खोजेको भन्दै आन्दोलनका कार्यक्रम रोक्ने/नरोक्ने विषयमा मंगलवार मात्रै छलफल गरेर निर्णय गर्न सकिने बताएका छन् । एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलवारका लागि बैठक बाेलाइएकाले उक्त बैठकमात्रै निर्णयमा पुग्न सकिने बताए । यसअघि निगमले प्रतिशतमा दिंदै आएको कमिशन रोकेर निश्चत रकममै कमिशन दिन शुरू गरेपछि व्यवसायीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । आन्दोलन घोषणा गरेपछि केही विषयमा अध्ययन गर्नुपर्ने भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन समिति गठन गरेको छ ।  गत १९ फागुनमा आयल निगम सञ्चालक समितिले व्यवसायीले प्रतिशतमा पाउँदै आएको कमिशन हटाएर निश्चित रकममा सिमीत गरिदिएपछि २३ फागुनमा व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेका थिए ।  त्यसपछि २९ फागुनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही विषयमा अध्ययन गर्नुपर्ने भन्दै सह-सचिव राधिका अर्यालको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । ६ चैतदेखि आन्दोलन गर्ने चेतावनी अनुसार व्यवसायीले आन्दोलनका कार्यक्रम थाल्दै आफूहरुको माग सम्बन्धमा निगम गम्भीर नभएको आरोप लगाएका छन् । निगमले व्यवसायीका  जायज माग यसअघि पनि सम्बोधन गरिँदै आएकाले छलफलबाट माग सम्बोधन गर्न तयार रहेको प्रतिक्रिया दिएको छ ।  भएको के थियो ? यसअघि नेपाल आयल निगमले पेट्रोलियम विक्रेताले पेट्रोल तथा डिजेलको विक्रीवापत ३ दशमलव ९५ प्रतिशत कमिशन उपलब्ध गराउँदै आएको थियो । गत १९ फागुनभन्दा अघिसम्म व्यवसायीले प्रतिशतमै कमिशन पाउँदै आएका थिए । फागुन १९ मा अन्तरराष्ट्रिय बजारमा कच्चा इन्धनको मूल्य उच्च बढेको र तत्कालका लागि व्यवसायीको कमिशन प्रतिशतमा उपलब्ध गराउन सकिने भन्दै निगम सञ्चालक समितिले प्रतिशतका हिसावले अन्तिम पटक कायम कमिशन नै व्यवसायीलाई उपलब्ध गराउने निर्णय गरिदिएको थियो । फागुन १९ मा पेट्रोलको मूल्य १५० रुपैयाँ प्रतिलिटर तथा डिजेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँका दरले कायम हुनुअघि पेट्रोलको मूल्य प्रतिलिटर १४५ रुपैयाँ र डिजेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटरका दरले रहेको थियो । सो हिसावले व्यवसायीले पेट्रोल विक्रीवापत ३ दशमलव ९५ प्रतिशतका दरले प्रतिलिटर ५ रुपैयाँ ७२ पैसा तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ २५ पैसा कमिशन पाउँदै आएका थिए ।  १९ फागुनमा बसेको निगम सञ्चालक समितिको बैठकले व्यवसायीले पाउँदै आएको कमिशनमा ब्रेक लगाउँदै पछिल्लो समय कायम कमिशन बराबरको रकम नै कमिशनका रुपमा उपलब्ध गराउने निर्णय गरेको थियो । जायज माग सम्बोधन गर्न निगम सकारात्मक छ । केही विषयमा अध्ययन गर्न समिति गठन गरिएको छः निगम त्यसपछि पेट्रोलियम व्यवसायी, एलपी ग्यास व्यवसायी तथा पेट्रोलियम ढुवानी व्यवसायीले २३ फागुनमा संयुक्त विज्ञप्ति जारी गर्दै ६ बुँदे माग राखेका थिए । उक्त मागमा पेट्रोलियम व्यवसायीका तर्फबाट पेट्रोलियम ऐन नभएकाले बनाएर कार्यान्वयन गर्न र विक्रेताले प्रतिशतमा पाउँदै आएको कमिशन यथावथ राख्न लगायतका माग राखिएको थियो । माग सम्बोधन नभएमा आन्दोलन गर्ने चेतावनी व्यवसायीले संयुक्त विज्ञप्तिमार्फत नै दिएका थिए ।  ग्यास व्यवसायीले आन्दोलनका कार्यक्रम पनि शुरु गरिसकेका छन् । आइतबार प्रदेश १, लुम्बिनी प्रदेश लगायतका केही ग्यास व्यवसायीले निगमबाट प्रोडक्ट डेलिभरि अर्डर (पीडीओ) उठाएनन् ।  व्यवसायीले यसअघि घोषित कार्यक्रम अनुसार नै ग्यास व्यवसायीले आइतबार पीडीओ उठाएनन् । २३ फागुनमा सार्वजनिक संयुक्त विज्ञप्तिमा ग्यास व्यसवसायीका सम्बन्धमा एलपीजी विनियमावली संशोधन गर्न माग गरिएको छ ।  एलपी ग्यास उद्योग संघका प्रधिनिधिको समेत सहभागितामा एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी विनियमावली संशोधन गरिनुपर्ने उल्लेख गरिएको छ ।  आइतवारसम्म मागका बारेमा कुनै सुनुवाई नभएकाले आन्दोलन गर्नुपरेको व्यवसायीले बताएका छन् ।  अझैपनि माग सम्बोधन नभएमा आगामी १० चैतदेखि भारतका रिफाइनरिबाटै ग्यास लोड नगर्ने व्यवसायीहरुको चेतावनी छ । मागका बारेमा सुनुवाई नभएमा आगामी १४ चैतबाट सबै भन्सार कार्यालयहरुबाट भन्सार छुटाउने कार्य नगर्ने ग्यास उद्योगीको यसअघिकै घोषित कार्यक्रम छ । आगामी १६ चैतदेखि पेट्रोलियम व्यवसायीले पनि पीडीओ नलिने र १७ गतेबाट विक्री बन्द गर्ने चेतावनी यसअघि नै दिइएको छ ।  २० चैतसम्म पनि माग सम्बोधन नभएमा ग्यास, पेट्रोल लगायतका सम्पूर्ण इन्धनको कारोबार ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् । निगम गम्भीर नबनेको व्यवसायीको आरोप आफ्ना मागलाई नेपाल आयल निगमले गम्भीर रुपमा नलिएको व्यवसायीले आरोप लगाएका छन् ।  पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले आफ्ना मागहरुका सम्बन्धमा निगम गम्भीर नबनेको आरोप लगाएका हुन् ।  हामीलाई जानकारी नगराईकनै घोक्रेठ्याक लगाउन खोजियोः व्यवसायी ‘पहिलो कुरा त सञ्चालक समितिमै हाम्रो समस्याबारे राम्ररी ब्रिफिङ गरेर हाम्रो कमिशन प्रतिशतमै यथावत हुनुपर्थ्यो’ प्रधानले भने, ‘हामीले विभिन्न माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेपछि कम्तीमा हामीलाई छलफलमा बोलाउने काम निगमबाट हुनुपर्थ्यो । हामीलाई अहिलेसम्म पनि निगमले छलफलमा बोलाएको छैन । हामीलाई आन्दोलन गर्न बाध्य बनाइएको छ ।’ पछिल्लो समय कमिशन हटाएपनि त्यसले उपभोक्ता र निगम कसैलाई फाइदा नगरेको अध्यक्ष प्रधानको दाबी छ । प्रतिशतमै कमिशन कायम भएमापनि आफूहरुको नाफामा ७ पैसा मात्रै थपिने भन्दै प्रधानले व्यवसायीहरुलाई जानकारी गराएर उक्त निर्णय गरेको भए ७ पैसा छोड्न सकिने बताए ।  ‘प्रतिशतमै कमिशन कायम भएपनि हामीले अहिले पाउँदै आएको नाफामा ७ पैसा मात्रै थपिन्थ्यो। त्यो ७ पैसा छाड्न हामीलाई कुनै अफ्ठ्यारो थिएन’ प्रधानले भने, ‘हामीलाई जानकारी नगराएरै, सञ्चालक समितिको छलफलमा हाम्रा प्रतिनिधिको सहभागिता नराखीक नै हामीलाई घोक्रेठ्याक लगाउन खोजिएकोप्रति हाम्रो आपत्ति हो ।’ जायज माग सम्बोधन गर्न निगम सकारात्मक नेपाल आयल निगमले व्यवसायीका जायज मागहरु सम्बोधन गर्न निगम सकारात्मक रहेको प्रतिक्रिया दिएको छ ।  निगम प्रवक्ता विनितमणि उपाध्यायले व्यवसायीहरुसँगको भेटमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जायज माग सम्बोधन गर्ने बताएको प्रतिक्रिया दिए ।  ‘जायज माग गर्न सकारात्मक छौं भनेर कार्यकारी निर्देशकज्यूले भनिसक्नु भएको छ’ उपाध्यायले भने, ‘विगतमा पनि निगमले व्यवसायीका जायज माग सम्बोधन गर्दै आएको हुनाले छलफलबाट समस्या सामाधान गर्नेगरी उहाँहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।’ मारमा उपभोक्ता उपभोक्ता अधिकारकर्मीले भने निगम र व्यवसायीको लफडाले उपभोक्ता मारमा पर्ने बताएका छन् ।  उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले निगम र व्यवसायीको लफडाका कारण उपभोक्ता मारमा पर्ने औंल्याएका छन् ।  उनले व्यवसायीले जहिल्यै नयाँ कार्यकारी आउनुअघि यस्तै नाजायज माग राख्ने गरेको भन्दै कारोबार नै ठप्प पार्ने चेतावनी दिनु गैरकानुनी रहेको बताए । ‘व्यवसायीका यी मौसमी माग हुन्’ उनले भने, ‘यसरी अनावश्यक बहाना झिकेर कानुनविपरित कारोबार नै ठप्प पार्छौं भन्नु उचित होइन ।’   अध्ययन गर्न समिति गठन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायीका केही माग सम्बोधनका लागि अध्ययन गर्न समिति गठन गरेको छ ।  मन्त्रालयका सहसचिव राधिका अर्यालको संयोजकत्वमा मन्त्रालयले ५ सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिले एलपीजी विनियमावली, विक्रेता विनियमावली तथा ढुवानी विनियमावली सम्बन्धमा अध्ययन गर्ने छ ।  त्यस्तै पेट्रोलियम विक्रेताले पाउँदै आएको प्राविधिक नोक्सानीको सम्बन्धमा पनि अध्ययन गरी प्रतिवेदन बनाउने कार्यादेश समितिलाई दिइएको छ ।  नापतौल तथा गुणस्तर विभागका महानिर्देशक दिनानाथ शर्मा समेत सदस्य रहने गरी बनाइएको समितिमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानी, निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराई र आर्थिक प्रशासन प्रमुख नागेन्द्र साह सदस्य रहेका छन् ।

गोदाम शुल्क वृद्धि विवादमा

एयरपोर्ट कार्गो कम्प्लेक्समा गोदाम शुल्कवृद्धिको विषयमा विवाद चर्केको छ । नागरिक उड्डयन प्राधिकरणले कम्प्लेक्स निर्माणका लागि एडीबीसँग लिएको करिब ५५ करोड ऋण तिर्ने बहानामा शुल्क वृद्धि गर्न लागेको हो । अहिले व्यवसायीसँग लिँदै आएको शुल्क अति नै न्यून भएको प्राधिकरणको दाबी छ । त्यसैल प्राधिकरणले शुल्कवृद्धि गर्न लागेको हो । शुल्कवृद्धिको निर्णयको व्यवसायीहरूले विरोध गरेका छन् । व्यवसायीले नियमावलीमा उल्लिखित शुल्क नै अनुचित भएको बताउँदै शुल्कवृद्धिको विरोध गरेका हुन् । कार्गो व्यवसायीहरूको छाता संगठन नेपाल फ्रेट फरवार्ड एसोसिएसनका सचिव तथा एयरपोर्ट कमिटी संयोजक राजेन्द्र संग्रौलाले कार्गो कम्प्लेक्स सञ्चालन र एडीबीको ऋण तिर्न गाह्रो भएको भन्दै शुल्क वृद्धि गर्नु जायज नभएको ताए । ‘यो राष्ट्रले दिनुपर्ने अति आवश्यक पूर्वाधार सेवा भएकाले यसमा अुनुदान दिनुपर्छ र एडीबीको ऋण भुक्तानी पनि राज्यले नै गर्नुपर्छ’ संग्रौलाल भने । उनले व्यवसायीले यस्तो परिस्थितिमा कार्य गर्दा पनि राज्यले सहुलियत नदिने हो भने कार्गो व्यवसाय नै संकटमा पर्ने बताए । विगतमा व्यवसायीहरूले समेत प्राधिकरण समक्ष शुल्कवृद्धिका लागि प्रीताव पेस गरेका थिए । जसमा आयाततर्फ प्रतिकेजी ८५ पैसा र निर्याततर्फ प्रतिकेजी २५ पैसा गर्नुपर्ने उल्लेख छ । तर यसमा सहमति नभएको संग्रौलाले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रामप्रसाद न्यौपानेले शुल्कवृद्धि आवश्यक र जरुरी भएको बताए । कमिटिले सार्क राष्ट्रको सोही प्रकारको सेवा र शुल्कको अध्ययन गरी व्यवसायीसँग शुल्क बढाउन सहमति गर्ने बताए । वर्ष ५, अंक ४१, २०६७, जेठ ३१–असार ६

डाक्टर नै बन्नुपर्ने होडबाजी कति जायज?

एमबीबीएसमा छात्रवृत्ति पाएकाहरुबाट पनि हुँदैनभएका अनेक शीर्षकमा मेडिकल कलेजहरुले पैसा असुल्छन्। त्यस्तो अनधिकृत पैसा नदिए परीक्षामा सामेल हुन दिइँदैन।

डाक्टर नै बन्नुपर्ने होडबाजी कति जायज?

एमबीबीएसमा छात्रवृत्ति पाएकाहरुबाट पनि हुँदैनभएका अनेक शीर्षकमा मेडिकल कलेजहरुले पैसा असुल्छन्। त्यस्तो अनधिकृत पैसा नदिए परीक्षामा सामेल हुन दिइँदैन।

तालिबानको पुनरुदय र अमेरिकी बहिर्गमन, अन्योलमा अफगानिस्तानको भविष्य

मोहितजंग कुँवर ‘अमेरिकाले आफ्नो सेनाको हकमा फैसला लिन सक्छ तर अफगान जनताका हकमा सक्दैन ।’ यो अभिव्यक्ति हो अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेहको ।  प्रश्न स्वाभाविक र जायज छ । आखिर उनले यस्तो अभिव्यक्ति किन दिए ? संयुक्त राज्य अमेरिकाले पछिल्लो केही दशक अफगानिस्तानमा पानी जसरी पैसा बगाएको छ । अमेरिकाले अफगानिस्तानमा खर्चिएको रकम सुन्दा पंक्तिकार आश्चर्यचकित भएको छ ।  सन् २०१९ को संयुक्त राज्य अमेरिकाको रक्षा विभागले आफ्नो आर्थिक प्रतिवेदनमा उल्लेख गरेअनुसार, अमेरिकाले अफगानिस्तानमा सन् २००१...

बजेट बनाउँदाको गैरजिम्मेवारी

तत्कालीन अर्थमन्त्री महरासँग अर्थतन्त्रको खासै ज्ञान नभए पनि मन्त्रालयको बजेट टिमसँग अर्थतन्त्रको ज्ञान छैन भन्नु जायज हुनेछैन । सरकारको ढुकुटीमा रहेको पैसा सबै बजेटमा प्रयोग गर्न सकिँदैन भन्ने ज्ञान दुवै सचिवमा नभएको होइन । तर, बजेट बनाउँदा जुन किसिमको लापरबाही गरियो, त्यो अक्षम्य गल्ती हो।

आर्थिक असमानता र वृद्धिसम्बन्धी केही जायज प्रश्न - Naya Patrika

असमानताले आर्थिक वृद्धिमा असर गर्छ भन्ने विश्वास नीति–निर्माताबीच पैसा कमाउने बाटो बनेको छ । उच्च स्तरको आर्थिक वृद्धिले दिगो आर्थिक वृद्धि सम्भव नहुने कुरा केही नीतिनिर्माता विश्वास गर्न बाध्य छन्...पूरा पढ्नुहोस् »