मोहितजंग कुँवर
‘अमेरिकाले आफ्नो सेनाको हकमा फैसला लिन सक्छ तर अफगान जनताका हकमा सक्दैन ।’ यो अभिव्यक्ति हो अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सलेहको ।
प्रश्न स्वाभाविक र जायज छ । आखिर उनले यस्तो अभिव्यक्ति किन दिए ? संयुक्त राज्य अमेरिकाले पछिल्लो केही दशक अफगानिस्तानमा पानी जसरी पैसा बगाएको छ । अमेरिकाले अफगानिस्तानमा खर्चिएको रकम सुन्दा पंक्तिकार आश्चर्यचकित भएको छ ।
सन् २०१९ को संयुक्त राज्य अमेरिकाको रक्षा विभागले आफ्नो आर्थिक प्रतिवेदनमा उल्लेख गरेअनुसार, अमेरिकाले अफगानिस्तानमा सन् २००१...