श्रृङपथमा पहिरो जाँदा चार जिल्लाको आवागमन प्रभावित
तनहुँको भीमाद हुदै गुड्ने श्रृगपथ सडक खण्डमा सडक भासिँदा तनहुँ सहित चार जिल्लाका मानिसहरूको आवागमनमा ठप्प भएको छ । दसैँको समयमा परेको आधा दर्जन ठाउँमा पहिरो गएकोले आवागमनमा समस्या परेको घरिङ गाउँपालिका निवासी अञ्जन परियारले जानकारी दिनुभयो ।
इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन्। पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ। पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको […]
तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान ६ः३० बजेतिर सडक माथिबाट लेदोसहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
पृथ्वीराजमार्ग अन्र्तगत घाँसीकुवामा लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला...
काठमाडाैँ- गएराति परेको अविरल वर्षाले दक्षिणी रसुवास्थित बनुवा धुम्ती क्षेत्रको राजमार्गमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ। उत्तरगया गाउँपालिका-५ स्थित माझगाउँ र बनुवा घुम्तीबीच पिपलबोट आसपास क्षेत्रमा सडक मार्ग भत्किएर सुरु भएको पहिरोले बेँसीतर्फका बस्तीलाई प्रभावित पार्नुको साथै अन्नबालीमा क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। मानवीयतर्फ कुनै क्षति नभएको जनाइएको […]
अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।...
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मध्य रातमा गएको पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको हो । आज बिहान ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अवरुद्ध भएपछि रातीदेखि जाममा परेका सवारी […]
संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा पहिरो जाँदा एक घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । गयराती अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय ८२ वर्षीय छत्तिसकुमार राईको घर पूर्ण रुपमा क्षतिग्रस्त...
तनहुँ। अविरल वर्षापछि ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। तनहुँको आँबुखैरेनीदेखि कोत्रेसम्मको करिब ७२ किलोमिटर सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको हो। शुक्लागण्डकी नगरपालिका–७ कुम्लेखोला, व्यास नगरपालिका–१२ घाँसीकुवा र छिर्कन, बन्दिपुर गाउँपालिका–१ गुरदुम र बन्दिपुर–४ डुम्रेमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको छ। बन्दिपुर–४ को पहिरोमा १ जना बेपत्ता भएका छन् भने ५ जनाकाे उद्दार गरिएको छ।
तनहुँ । अविरल बर्षापछि पहिरो जाँदा पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो । यसैगरी अविरल वर्षापछि आएको बाढीले डाइभर्सन […]
रासस। कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। “कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो”, उनले भने, “वर्षातका कारण धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ।”