संखुवासभाको सिलिचोङमा पहिरो जाँदा एक घर पूर्ण क्षतिग्रस्त

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा पहिरो जाँदा एक घर पहिरोले पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।  गयराती अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले स्थानीय ८२ वर्षीय छत्तिसकुमार राईको घर पूर्ण रुपमा क्षतिग्रस्त...

सम्बन्धित सामग्री

भियतनाममा पहिरो जाँदा ५ जनाको मृत्यु

हनोइ- उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अरु चार जना बेपत्ता भएका छन् । भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएको, एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सञ्चालन समितिले बिहीबार जनाएको […]

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

दोलखामा पहिरो, सिंगटी बजारका घर जोखिममा

२७ साउन, काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ लादुकमा पहिरो जाँदा सिंगटी बजार क्षेत्रका करिब ३० घर जोखिममा परेका छन् । अति जोखिममा परेका घरका बासिन्दाहरु त्यहाँबाट विस्थापित भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सोही ठाउँमा गत २३ गते पनि पहिरो जाँदा चार वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका थिए । गएरातिको वर्षासँगै झरेको पहिरोले […]

खोटाङको रावा बेसीमा पहिरो, एक घर बगायो, १० घर उच्च जोखिममा

खोटाङ : रावा बेसी गाउँपालिका–६ हौँचुर स्थित डाँँडागाउँमा पहिराले एक घर बगाएको छ। शुक्रबार साँझदेखिको वर्षाका कारण पहिरो जाँदा बलराम खत्रीको घर बगाएको हो।घरमा मानिस नरहेका कारण मानवीय क्षति भने भएको छैन। भैरव बहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको छ। भैरव, हरि राई, पर्शुराम राई लगायत १० घर उच्च जोखिममा रहेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए।'पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ' कार्कीले भने, 'यो गाउँका सबै करिब १० घर उच्च

सुख्खा पहिरो जाँदा दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्ला : जुम्लाको तिला गाउँपालिका २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका  लागि  खनेको जग माथिबाट सुख्खा पहिरो खस्दा ३ वर्षका शिशिर बोहोरा र ३ वर्षकै  हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।स्थानीय रण बहादुर बोहोराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्को खस्दा उक्त घटना भएको हो।बोहोराकी श्रीमती लक्ष्मी बोहोरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्

अविरल वर्षाका कारण पहिरो जाँदा दुईजनाको मृत्यु

काठमाडौं : अविरल वर्षाको कारण पहिरोको जाँदा कालीकोट र डडेल्धुरामा दुईजनाको मृत्यु भएको छ।कालीकोटको महावै गाउँपालिका-७ राम्नीका विष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकी छोरी १८ वर्षीया स्मृतिको पुरिएर मृत्यु भएको छ। साथै‚ उनकै १५ वर्षीया छोरी घाइते भएकी छिन्।यस्तै, डडेलधुरा, गन्यापधुरा गाउँपालिका-१ भात्काडामा सोमबार राति पहिरोले पुरिएर ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको छ। पहिरो जाँदा पसलभित्र विष्णु च्यापिएको प्रहरीले जनाएको छ। च्यापिएका उनलाई जिल्

रोल्पामा पहिरो जाँदा दुईको मृत्यु

रोल्पा । रोल्पामा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर १० थवाङमा गएराति गएको पहिरोले घर पुरिँदा ७० वर्षीया गौरी थापा र पाँच वर्षका नातिको ज्यान गएको प्रहरीले जनाएको छ । पहिरोले थापाका छोरा र बुहारी भने घाइते भएका छन् ।

पर्वतमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, २ बेपत्ता

पर्वतमा पहिरो जाँदा पुरिएर ६ जनाको ज्यान गएको छ । पर्वतका विभिन्न तीनठाउँमा पहिरो जाँदा घर पुरिएर स्थानीयको ज्यान गएको प्रहरीले बताएको छ । पहिरोमा परेर दुईजना बेपत्ता भएका छन ।...

बुटवलमा पहिरो जाँदा एक दर्जन घर जोखिममा

बुटवल –बुटवल उपमहानगरपालिका–३ ज्योति नगरमा आज पहिरो जाँदा तीन जनाको घरमा क्षति पुगेको छ । भने, एक दर्जन घरहरु जोखिममा परेका छन् । चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा क्षति पुर्‍याएको छ भने निरन्तर परेको पानीले पहिरो अझै खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुवँरले एक दर्जन जति घरहरु जोखिममा रहेकाले अहिले स्थानीयलाई अन्यत्र सारेको रातोपाटीलाई बताए । उनले भने, ‘अझै जोखिम छ । हामील

ग्रामीण सडकका कारण पहिरो जाँदा आठ घर विस्थापित

पहिरोले लिखु गाउँपालिका–९ पोकलीका आठ घर विस्थापित भएका छन् । स्थानीय तहले विस्तार गरेको ग्रामीण सडकका कारण पहिरो जाँदा पोकलीका आठ घर विस्थापित भएका हुन् ।गाउँमा खनिएको सडकले घरमुनिबाट तान्ने र माथिबाट पहिरो झर्ने क्रम बढेपछि स्थानीय दुई टोलका आठ परिवार पूर्णरूपमा विस्थापित भएका वडाध्यक्ष सुकवीर तामाङले बताए । साविक पोकली गाविसमा पर्ने च्याम्पोला र काउलेगाउँमा पहिरोका कारण टोल नै जोखिममा परेपछि सुरक्षित ठाउँमा सारिएको छ । विस्थापित परिवारलाई वडा कार्यालयले खाद्यान्न र त्रिपाल सहयोग गरे