अविरल वर्षाका कारण मेलम्ची नगरपालिका–१० मा सडक अवरुद्ध भएको छ। पाल्चोकी क्रसर पारि पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।...
तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ। शुक्रबार बिहान ६ः३० बजेतिर सडक माथिबाट लेदोसहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
पृथ्वीराजमार्ग अन्र्तगत घाँसीकुवामा लेदोसहित पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला...
काठमाडौं । धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट उक्त सडकखण्ड भएर गुड्ने लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । धादिङको तिङ्ग्राङ खानी र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ । चितवनको नारायणगढ मुग्लिन […]
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ । मंगलबार बिहान स्याफ्रु–रसुवागढी सडकखण्डको कुलुङ पुल नजिकै सुख्खा पहिरो जाँदा नाका जोड्ने सडक अवरुद्ध भएको हो । करिब सय मिटर सडकमाथिबाट ढुंगामाटोसहितको सुख्खा पहिरो आई सडक पूर्ण रूपमा अवरुद्ध भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘सडकमाथिबाट सुख्खा पहिरो आएको […]
The post सुख्खा पहिरो जाँदा रसुवागढी नाका जोड्ने सडक अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मध्य रातमा गएको पहिरोले सडक दुई तर्फी नै अवरुद्ध भएको हो । आज बिहान ५ बजेबाट पहिरो पन्छाउन थालिएको छ । दिउँसोसम्ममा सडक सञ्चालनमा आउने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक अवरुद्ध भएपछि रातीदेखि जाममा परेका सवारी […]
काठमाण्डौं । लगातारको वर्षाका कारण पहिरो जाँदा मुग्लिन-नारायणघाट सडक खण्ड अवरुद्ध भएको छ । गएराति ८ बजे सेती दोभानमा ठूलो पहिरो खसेकाले दुुईतर्फी बाटो नै अवरुद्ध भएको प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण पहिरो पन्छाउन समय लाग्ने प्रहरीले बताएको छ । सडक बन्द भए पछि यात्रुुले गाडीमै रात बिताएका छन् । अहिले यो सडक […]
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका– १० चौखोलास्थितमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । आज बिहान १० : ०० बजे राजमार्गको माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । राजमार्गमा पहिरो आएर सडक अवरुद्ध भएको र अहिले राजमार्ग खुलाउने प्रयास जारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।“सडक विभाग तथा स्थानीय तहयसँग समन्वय गरी राजमार्ग खुलाउने पहल भइरहेको छ”, उनले भने, “आज साँझसम्म राजमार्ग खुलाउने तयारी भएको छ ।”
कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निकै ठूलो सुख्खा पहिरो आएका कारणले राजमार्ग अवरुद्ध भएको हो । सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए । “कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो”, उनले भने, “वर्षात्का कारणले धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्ष
रासस। कर्णाली करिडोरअन्तर्गत कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ भौरेकुनामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले बताए। “कर्णाली राजमार्ग अवरुद्ध भएको त एक हप्ता बढी भयो”, उनले भने, “वर्षातका कारण धेरै ठाउँमा पहिरो गएको थियो, कर्णाली राजमार्गको भौरेकुनामा सुख्खा पहिरो जाँदा राजमार्गमा ठूलो क्षति गरेको छ।”
हिमाली जिल्ला मुगुमा लगातार ३ दिनसम्म अबिरल वर्षा हुँदा एक दर्जन स्थानमा पहिरो जाँदा मुगुको सदरमुकामदेखि मुगमकामारोङको छाइलसम्म सडक अवरुद्घ भएको छ । लगातारको वर्षातले गमगढी छाइल सडक खण्डअन्तर्गतको भट्टडाँडी, सालमी खोला, नाकेभीर, सुनाथ, कम्फा खोला, छाइलबारी लगायतका १२ स्थानमा पहिरोले सडक छेदविच्छेद हुँदा सवारी साधनसहित स्थानीय नागरिकहरूलाई सदरमुकाम गमगढी जानआउनुका साथै व्यापार व्यवसायका सामानहरू […]