लुम्बिनी प्रदेश मन्त्रालयको संख्या थप्ने तयारी भइरहेको छ । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपालसहितका दलहरूको गठबन्धन सरकार बनेपछि मन्त्रालयको संख्या थप्न थालिएको हो ।प्रदेश सरकारमा हाल ८ मन्त्रालय छन् । तिनलाई टुक्र्याएर प्रदेश सरकारका कुल मन्त्रालय संख्या १२ बनाउने तयारी भइरहेको स्रोत बताउँछ । स्रोतका अनुसार यसका लागि प्रदेश सरकार (कार्यविभाजन) नियमावली संशोधनको तयारीसमेत भइरहेको छ ।सत्तारुढ गठबन्धनबीच केही मन्त्रालय विभाजन गर्दै नयाँ मन्त्रालय थप गर्नेबारे सहमति भइसकेको छ । प्रद