सुदूरपश्चिममा प्रदेशसभाका विषयगत समिति थप्ने तयारी

४ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशसभामा विषयगत समिति थप्ने तयारी गरिएको छ । त्यसका लागि प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरिएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले विक्रमसिंह धामी, सुरेन्द्रबहादुर पाल, मानबहादुर धामी, प्रकाश रावल, खुसीराम डगौरा थारु, खेमादेवी विष्ट र ताराप्रसाद जोशी सदस्य रहने गरी नियमावली संशोधन मस्यौदा समिति गठन […]