रूपन्देही । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । बुधबार प्रेस युनियनले बुटवलमा गरेको पत्रकार भेटघाटमा उनले अहिले परिवर्तन गरिहाल्ने परिस्थिति नभएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारको एक वर्ष पुगेको अवसरमा मन्त्री फेर्ने बताएका थिए । उनले त्यसपछि पनि मन्त्री फेर्नेबारे चर्चा गर्दै आएका छन् । […]