डडेल्धुराको भित्रिमधेश जोगबुडामा रहेको राउटे बस्तीमा सोलार लिफ्ट सिँचाइ योजना निर्माण भइरहेको छ ।
परशुराम नगरपालिका वडा नं. १२ आमपानीका ३५ घरपरिवार राउटे समुदायको लागि सोलार लिफ्ट सिँचाई योजना निर्माण भईरहेको रहेको हो । राउटे समुदायको करिब ४५ विद्या जमिनमा सिचाई हुने गरि निर्माण भै रहेको उक्त योजनाको लागत ६५ लाख रुपिया रहेको जलस्रोत तथा सिचाई डिभिजन कार्यालय डडेल्धुराले जनाएको छ ।