भ्रष्टाचार आरोपमा रुबियालेस पक्राउ

रोयल स्पेनिस फुटबल महासंघमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीले पूर्वप्रमुख लुइस रुबियालेसलाई मंगलबार राति

सम्बन्धित सामग्री

भ्रष्टाचार नियन्त्रणमा केही हुँदै हो ?

केही समययता भ्रष्टाचारीविरुद्ध केही आशलाग्दो काम हुन थालेको छ । नीतिगत भ्रष्टाचार गर्ने र आफ्ना अंगहरूलाई यसको अनुसन्धान गर्न नदिने अवस्थाले जरो गाडेको बेला वर्तमान गठबन्धन सरकार बनेयता केही आशालाग्दा काम देखिएका छन् । यसले कानून छलेर सधैं भ्रष्टाचारबाट जोगिन सकिँदैन भन्ने सन्देश दिन खोजेको छ ।  नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने काण्डमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्रीदेखि गृहसचिवसम्म समातिएका छन् । त्यस्तै अख्तियारले फाइल बन्द गरेको ललिता निवास काण्डमा पनि अहिले विशेष प्रहरीले फेरि अनुसन्धान थालेको छ । यसमा पनि शक्तिशाली व्यक्तिहरू पक्राउ पर्ने सम्भावना छ । केही त पक्राउ परिसकेका छन् । महालेखा परीक्षकको कार्यालयले पशुपतिनाथको मन्दिरमा चढाइएको जलहरीमा सुन अपुग भएको भनी दिएको प्रतिवेदन अनुसार  छानबिन भइरहेको छ । विनास्रोत अकुत सम्पत्ति कमाएको आरोपमा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव पक्राउ परेका छन् । त्यस्तै नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक पनि अकुत सम्पत्ति जोडेको आरोपमा विशेष अदालतबाट दोषी ठहर भएका छन् । सिक्टा सिँचाइ आयोजनामा भएको व्यापक भ्रष्टाचारको काण्डमा विशेष अदालतले ठेकेदारलाई सफाइ दिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार गर्नेलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत गएको छ । पप्पु कन्स्ट्रक्शनका सञ्चालक पक्राउ परिसकेका छन् । यी गतिविधिले सरकार भ्रष्टाचारीमाथि कारबाहीमा सक्रिय रहेको आभास हुन थालेको छ ।  यस्तो सक्रियताले सत्ता र पदको दुरुपयोग गरी भ्रष्टाचार गर्ने व्यक्तिहरूमाझ त्रास पैदा गरेको छ । केही समय कारबाहीबाट जोगिए पनि कुनै पनि बेला भ्रष्टाचारविरुद्ध फाइल खुल्न सक्ने र नियमकानूनअनुसार कारबाहीमा पर्न सक्ने भय पैदा गर्न सक्यो भने खुलमखुला हुने भ्रष्टाचार केही मात्रामा कम गर्न सकिन्छ । अख्तियारले साना कर्मचारीलाई मात्रै कारबाही गरेको आरोप लागिरहेको बेला उसले देखाएको सक्रियताले मुलुकमा भ्रष्टाचार कम हुन मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । यद्यपि अख्तियारले भ्रष्टाचारको आरोपितलाई कमजोर मुद्दा लगाएर चोख्याउने गरेको आरोप पनि लागेको छ । त्यसैले सस्तो प्रचारबाजी र विपक्षीलाई तारो बनाउने मात्र नभई जो दोषी हुन्छन्, ती सबैलाई कारबाहीको दायरामा ल्याएर सरकारले आमसर्वसाधारणको विश्वास जित्न सक्नुपर्छ ।

‘हाई प्रोफाईल’का व्यक्ति पक्राउ पर्दा गृह प्रशासनको प्रशंसा

काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणर्थी बनाएर अमेरिका पुर्‍याएको आरोपमा हाईप्रोफाईल व्यक्तिलाई पक्राउ गरेकोमा गृह मन्त्रालयदेखि लिएर प्रहरी प्रशासन प्रशंसाका पात्र बनेका छन् । सुशासनलाई सत्ताको सिंढी बनाउने र सत्तामा पुगेपछि भ्रष्टाचार संस्थागत गर्ने दलका नेताहरुको दशकौंदेखि स्थापित कार्यशैलीबाट दिक्क बनेका नागरिक सरकारको तदारुकताबाट आशावादी बनेको छन् । यसअघि चर्चित भ्रष्टाचार काण्डमा संलग्न भएका हाईप्रोफाईल […]

इन्डोनेसियामा भ्रष्टाचारको आरोपमा ३४ जना पक्राउ

जाभा । इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले ३४ जनालाई पक्राउ गरेको छ । सरकारी खरिदसम्बन्धी काममा भ्रष्टाचार गरेको आरोपमा उनीहरु प्रकाउ परेका हुन्। पेमालाङ जिल्लाका प्रमुख मुक्ति अगुङले भ्रष्टाचार गरेको सूचना बिहीबार बेलुका पाएपछि आयोगको टोलीले छापा मारेको थियो । केपीकेका प्रवक्ता अलि फिक्रिले स्थानीय सञ्चार माध्यमहरुलाई दिएको जानकारी अनुसार उनीहरुलाई अनुसन्धानका लागि पक्राउ […]

नापी कार्यालय रुपन्देहीका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ३० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा आयोगले रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनलाई पक्राउ गरिएको थियो । भ्रष्टाचार निवारण ऐन, […]

नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय, चाबहिल १ नम्बर नापी टोली, बूढानीलकण्ठमा कार्यरत सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध १ लाख रुपैयाँ जरिमाना तथा कैद सजाय माग दाबी गर्दै विशेष अदालतमा मुदा पनि दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले […] The post नापीका सर्भेक्षक र अमिनमाथि भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

घुस मागेको आरोपमा पन्जाबका स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेर पक्राउ गरियो

घुस मागेको आरोपमा बर्खास्तीमा परेका भारतको पन्जाबका स्वास्थ्य मन्त्री विजय सिंगला पक्राउ परेका छन् ।  एक आयोजना कार्यान्वयनको क्रममा एक प्रतिशत घुस मागेको घटना सार्वजनिक भएपछि आजै पन्जाबका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्रीबाट सिंगलालाई बर्खास्त गर्नुभएको थियो । पन्जाबकाे भ्रष्टाचार विरोधी शाखाले सिंगलालाई पक्राउ गरेको र उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ताको तयारी भएको एनडीटीभीले जनाएको छ ।।  अघिल्लो महिना भएको विधान सभा चुनावमा पन्जाबमा दुई तिहाइ सिट जितेको आम आदमी पार्टीले भ्रष्टाचारका कुनै पनि क्रियाकलाप स...

मालपोत कार्यालय चाबहिलका खरिदार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चाबहिलका खरिदार लक्ष्मण बस्नेतविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख ३५ हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले उनी विरुद्ध मुद्दा दायर गरेको हो । १२ फागुनमा अख्तियारको टोलीले उनलाई घुससहित पक्राउ गरेको थियो । उनले जग्गा नामसारी […]

वडा सचिवविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोल्हवी नगरपालिका–११ का वडा सचिव विनोदप्रसाद साहविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीसँग ३५ सय रुपैयाँ घुस लिएको आरोपमा वडा सचिव साहलाई गत माघ २० गते पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनको संलग्नता रहेको खुल्न आएकोले ३५ सय रुपैयाँ […]

रुसमा भ्रष्ट प्रहरीविरुद्ध कारबाही गर्दा भेटियो सुनको शौचालय

बीबीसी। रुसमा भ्रष्टाचार गरेको आरोपमा प्रहरीहरुको एक समूहलाई अनुसन्धानकर्ताले पक्राउ गरेका छन्। अनुसन्धानका क्रममा धेरै ठाउँमा छापा मारिएको थियो। तीमध्ये एक भव्य महलमा सुनको जलप लगाइएको शौचालय तथा विलासी सामग्रीहरु फेला परेको बताइएको छ। पक्राउ पर्नेमा स्ट्राभ्रोपल क्षेत्रका ट्राफिक प्रहरी प्रमुख आलेक्सी साफोनोभ र अन्य छ जना प्रहरी पक्राउ परेका थिए। आरोपितहरुले हालसम्म कुनै पनि प्रतिक्रिया नदिएको जनाइएको छ।

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ

भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन्।