होम आइसोलेसनमा केही समस्या भयाे ? डाक्टरलाई यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं : अहिले देशभर कोरोनाका सक्रिय संक्रमित १ लाख १४ हजारभन्दा बढी छ। तीमध्ये एक लाख ७ हजारभन्दा बढी होम आइसोलेसनमा बसेका छन्। होम आइसोलेसनमा बस्दा देखिने सामान्य समस्या समाधानका लागि सरकारले चिकित्सकहरूको सम्पर्क नम्बर र नाम सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय बढी चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको हो।संक्रमित भएर घरमै आइसोलेसनमा बस्दा केही समस्या परेमा तोकिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई फोन गर्न मन्त्रालयले संक्रमित र उनक

सम्बन्धित सामग्री

कोरोना संक्रमणपछि कांग्रेस नेता सिटौला होम आइसोलेसनमा

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उनलाई संक्रमण पुष्टि भएको हो। नेता सिटौलाका स्वकीय सचिव प्रेम...

स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा समस्या

बागलुङ । बागलुङमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मी समेत संक्रमित हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । धौलागिरी अस्पतालका १८ जना र जिल्लाका अन्य स्वास्थ्य संस्थामा १२ जना गरी कूल ३० जना स्वास्थ्यकर्मी अहिले संक्रमित भएर होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभएको छ […]

एमाले उपमहासचिव गुरुङलाई कोरोना संक्रमण

३ माघ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण भएको छ । सोमबार कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसनमा रहेका उनले बताएका छन् । स्वास्थ्यमा खासै समस्या नभएको उनले बताए ।

धनकुटाको आइसोलेसनमा डिस्चार्ज हुन लागेका वृद्धको मृत्यु

धनकुटा : कोरोना भाइरस संक्रमणका कारण धनकुटाको आइसोलेसन केन्द्रमा उपचाररत एक वृद्धको शुक्रबार मृत्यु भएको छ।धनकुटा नगरपालिका-६ औद्योगिक ग्रामस्थित आइसोलोसनमा उपचाररत धनकुटा ५ का ७६ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ। ११ दिनदेखि कोरोना संक्रमणको उपचाररत ती वृद्धको मृत्यु भएको हो। धनकुटामा आइसोलेसनमा मृत्यु भएको यो पहिलो घटना हो।स्वासप्रश्वास समस्या रहेका उनको अवस्था सामान्य रहे पनि अकस्मात् मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले बत

होम आईसोलेसनमा बसेका बिरामीलाई घरघरमै पुगेर औषधि वितरण

वीरेन्द्रनगर नगरपालिकाले होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई घरघरमै पुगेर औषधि वितरण गर्न थालेको छ । अस्पतालमा शय्या तथा अक्सिजन अभावको समस्या देखिएको समयमा अधिकांश संक्रमित यतिबेला घरमै आइसोलेसनमा छन् । त्यस्ता संक्रमितको स्वास्थ्यमा थप समस्या नआओस् भनेर नगरपालिकाले औषधि वितरण थालेको हो ।नगर उपप्रमुख मोहनमाया ढकालका अनुसार नगरपालिकाले संक्रमितको नियमित स्वास्थ्य चेकजाँच र घरघरमै गएर औषधि तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ । रातोपाटीसँग उनले भनिन्, ‘अक्सिजनको मात्रा कमी भएको खण्ड

होम आइसोलेसनमा न चिकित्सकको सल्लाह, न शव व्यवस्थापन

४ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका–८ का ५० वर्षीय पुरुष स्वास्थ्यमा समस्या देखिएपछि वैशाख २० गते उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगे । चिकित्सकको सल्लाहअनुसार कोरोना परीक्षण गराएका उनमा ३ दिनपछि रिपोर्ट पोजेटिभ आयो । त्यसपछि होम आइसोलेसनमा बसेका उनलाई वैशाख २५ गते राति एक्कासी श्वासप्रश्वासमा समस्या देखियो र घरमै मृत्यु भयो । आफन्तले मृत्यु […]

प्रदेश सरकार भन्छ समस्या छैन, तर बिरामीले पाउँदैनन् अक्सिजन

२७ वैशाख, सुर्खेत । शुक्रबार दिउँसो सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालको कोभिड कक्ष बाहिर एक संक्रमित युवालाई छाडेर एम्बुलेन्स हुइँकियो । ती युवा वीरेन्द्रनगर नगरपालिका–१० पदमपुर निवासी रहेछन् । होम आइसोलेसनमा रहेका उनी श्वासप्रश्वासमा समस्या देखिएपछि प्रदेश अस्पतालमा भर्ना हुन आएका हुन् । ‘भित्र वार्ड भरिभराउ छ, खाली हुँदैछ । एकछिन यतै बस्नुस्, अक्सिजन पनि छैन, […]

संसद् सचिवालयका एक उपसचिवको कोरोना संक्रमणपछि मृत्यु

चन्द्रागिरी–१२ स्थित घरमै आइसोलेसनमा रहेका उनलाई शुक्रबार बिहान श्वास-प्रश्वासमा समस्या भएपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

डडेलधुरा अस्पतालमा जनशक्ति अभाव

१६ वैशाख, काठमाडौं । डडेलधुरा अस्पतालको कोभिड आइसोलेसनमा जनशक्तिको अभाव हुँदा कोरोना संक्रमितको उपचारमा समस्या देखिएको छ । तीव्र रुपमा कोरोना संक्रमित थपिँदै जाँदा अस्पतालमा भएका जनशक्ति पनि संक्रमित भएर आइसोलेसनमा बस्नु पर्दा उपचारमा समस्या आएको अस्पतालकी नर्सिङ अधिकृत मनकेशरी महर्जनले अनलाइनखबरलाई जानकारी दिइन् । ‘प्यारामेडिक्ससहित ५ जना कर्मचारी संक्रमित भइसकेका छन् । जसमध्ये एकजना […]