धनकुटा : कोरोना भाइरस संक्रमणका कारण धनकुटाको आइसोलेसन केन्द्रमा उपचाररत एक वृद्धको शुक्रबार मृत्यु भएको छ।धनकुटा नगरपालिका-६ औद्योगिक ग्रामस्थित आइसोलोसनमा उपचाररत धनकुटा ५ का ७६ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ। ११ दिनदेखि कोरोना संक्रमणको उपचाररत ती वृद्धको मृत्यु भएको हो। धनकुटामा आइसोलेसनमा मृत्यु भएको यो पहिलो घटना हो।स्वासप्रश्वास समस्या रहेका उनको अवस्था सामान्य रहे पनि अकस्मात् मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले बत