लोपोन्मुख तिलुङ भाषामा पढाइ

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारको पिपचाहीस्थित बालविकास प्राविमा चालु शैक्षिक सत्रमा कक्षा १ देखि ऐच्छिक विषयको रूपमा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन सुरु गरिएको छ  । नगरप्रमुख विमला राईका अनुसार पठनपाठनका लागि नगरपालिकाको आर्थिक सहयोगमा तिलुङ राई बुगाकिमले पाठ्यपुस्तक तयार पारेको हो  ।

सम्बन्धित सामग्री

इलामको रोङमा लोपोन्मुख लेप्चा भाषामा पढाइ सुरु

लोपोन्मुख लाप्चा जातिको भाषा संरक्षण गर्न रोङ गाउँपालिकामा लेप्चा भाषाको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गरिएको छ । गाउँपालिकाको आधारभूत तहमा उक्त भाषामा पाठ्यक्रम तयार गरिएको हो ।

लोपोन्मुख मातृभाषा जोगाउन विद्यालयमा पढाइ

स्थानीय तहले माध्यमिक तहसम्म शिक्षाको जिम्मा पाएपछि प्राथमिक तहमा २६ तथा माध्यमिक तहमा पाँच मातृभाषाको पठनपाठन शुरू भइसकेको छ। तीमध्ये कतिपय भाषा लोपोन्मुख रहेका छन्।

रेडपाण्डाको संरक्षण गर्न पढाइ सुरु

काठमाडौं । विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ सुरु भएको छ ।  इलामका विभिन्न स्थानमा हाब्रे पाइने गरेको तर उचित संरक्षण नहुँदा यसको लोप नै हुने ...

हाब्रेसम्बन्धी पढाइ शुरु

इलाम, भदौ २१ गते । विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ शुरु...

अब पाठ्यक्रममै इलामका पर्यटकीयस्थलहरू पढ्न पाइने

इलाम : लोपोन्मुख वन्यजन्तु ‘रेडपाण्डा’लाई विद्यालयको पाठ्यक्रममै समावेश गरेर पढाइ भइरहेको इलाममा अब जिल्लाका पर्यटकीयस्थलहरूका बारेमा पनि पढाउन सुरु गरिएको छ। इलामका पर्यटकीयस्थलहरूको जानकारी गराउने उद्देश्यले अनौपचारिक शिक्षाको स्थानीय पाठ्यक्रममा इलामको पर्यटन क्षेत्रलाई समावेश गरिएको हो। चालु आ...