काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुछको मुद्दाको बहस आज पनि हेर्दाहेर्दैमा परेको छ । काठमाडौं जिल्ला अदालतमा दोस्रो दिन बिहीबार भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भइरहेको बहसमा बुधबार वरिष्ठ अधिवक्ताहरू लव मैनाली, कृष्ण सापकोटा र सरिता भण्डारीले सन्दीपको पक्षमा बहस गरेका थिए । […]