‘हट पोटेटो’ बन्दै सन्दीपको मुद्दा, न्यायाधीशको भागाभाग हुँदा १६ पटक फैसला पेसी स्थगित
जिल्ला अदालतका न्यायाधीशहरूले विभिन्न बहाना बनाएर मुद्दाको फैसलालाई धकेल्दै आइरहेका छन् । आज भने मुद्दा पेसी नै चढेन । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहाल धेरैजना न्यायाधीशहरू उपलब्ध नभएकाले सन्दीपको मुद्दा पेसी नचढेको बताउँछन् ।