भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबिच झडप: एक प्रहरीको टाउको फुट्यो, एकको हात भाँचियो

काठमाडौं। भारततर्फबाट बालुवा तस्करीका लागि पर्साको ओरीया खोलामा आएका बालुवा तस्कर र सशस्त्र प्रहरी बिच झडप भएको छ । पर्साको जीराभवानी गाउँपालिका १ पिपरडारीस्थित ओरीया खोलामा बालुवा लिन आएका भारतीय तस्करलाई रोक्न पुगेका सशस्त्र प्रहरीहरूमाथि तस्कर पक्षबाट आक्रमण भएको हो ।

सम्बन्धित सामग्री

राजस्व चुहावटमा सघाउनेको बर्दी फुकाल्छु : सशस्त्र प्रहरी महानिरीक्षक

वीरगञ्ज। सीमाक्षेत्रबाट भइरहेको अनधिकृत आयातनिर्यात र अपराध नियन्त्रणमा सरोकारावाला सबै क्षबीच सहकार्यको खाँचो औंल्याइएको छ । शुक्रबार वीरगञ्जमा आयोजित ‘राजस्व चुहावट तथा सीमा अपराध नियन्त्रण’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राजस्व चुहावट र अपराध नियन्त्रणमा सबैको भूमिका महत्त्वपूर्ण भएको बताए । यसमा सबैले एकअर्कासँग सहकार्य गर्नुपर्ने भन्दै महानिरीक्षक अर्यालले कुनै पनि अपराधमा संलग्न देखिने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिए ।  ‘तस्कर र प्रहरीको साँठगाँठ कुनै हालतमा हुनु भएन, स्थानीयबाट यस्तो गुनासो संगठनले सुन्न पनि चाहँदैन । संठनविपरीत काम गर्ने कसैलाई पनि छाडिने छैन,’ राजस्व चुहावटमा सहयोग गरेको पाइएमा सशस्त्र प्रहरीका जोसुकै दर्जावालाको पनि बर्दी फुकाल्ने चेतावनीसहित उनले भने । सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक खुशी भएमात्रै सीमा सुरक्षित हुने अर्यालले बताए । सीमाक्षेत्र सुरक्षा र सुधारमा सशस्त्र प्रहरीको जिम्मेवारी अझ बढी भएको भन्दै उनले कमी कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । राजस्व बढाउन अर्थ र गृह मन्त्रालय संवेदनशील रहेको उनले बताए ।  सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सीमाक्षेत्रमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी सक्रिय रहेको बताए । यसका लागि रणनीतिक उपाय अपनाइएको उनको भनाइ छ ।  सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र साहले राजस्व चुहावट नियन्त्रणमा सीमाक्षेत्रका बासिन्दा, उद्योगी, व्यापारी सबैको सहयोग आवश्यक पर्ने बताए । सीमा क्षेत्रमा हुने अवैध व्यापार नियन्त्रणमा संवेदनशील हुन नेपाल उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले ध्यानाकर्षण गराए ।  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले देशभित्र उद्योग व्यापार फस्टाउन अवैध कारोबार र अपराध नियन्त्रण हुनुपर्ने बताए । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको रवैया व्यवसायमैत्री नभएको गुनासो गरे । सिमानामा प्रहरी खटिए अनधिकृत व्यापार नियन्त्रण हुन नसकेको तर तिनै निकायबाट वैध कारोबारीले अनावश्यक दु:ख पाइरहेको कार्यक्रमका सहभागीले गुनासो गरे ।

तस्कर समूहमाथि सशस्त्रद्वारा खुकुरी प्रहार ?

झापा । झापामा डिउटीमा रहेका सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपमा सशस्त्र र तस्कर समूह दुवैतर्फ घाइते भएका छन् । तस्करी गर्ने समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरीले प्रतिकार गरेको थियो । त्यसक्रममा सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमाल र सशस्त्र प्रहरी सहायक हबलदार दुर्गाचन्द्र बस्नेत घाइते भएका छन् । सहायक […] The post तस्कर समूहमाथि सशस्त्रद्वारा खुकुरी प्रहार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारततर्फ गाँजा तस्कर गर्ने क्रममा दुई जना पक्राउ

विराटनगर- सशस्त्र प्रहरी बलको टोली एपिएफले विराटनगरबाट लागुऔषध गाँजा भारततर्फ लैजाने क्रममा दुई जना युवक पक्राउ गरेकाे छ। एपिएफले विराटनगरको रानी नाका हुँदै जोगबनी भारततर्फ लैजाँदै गरेको ३ किलो गाँजासहित विराटनगर महानगरपालिका-४ खार्जीका १९ वर्षीय आशिष मण्डल र २० वर्षीय दिपेश मण्डललाई पक्राउ गरेको हो। एपिएफ मोरङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लामिछानेले दुवै जनालाई स […]

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरका अनुसार नेपालतर्फ विभिन्न सामान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट भएपछि उनीहरूले एक्कासि ढुंगामुढा गरेका थ...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । गणका प्रमुख […] The post किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय तस्करले सशस्त्र प्रहरीका तीन जना जवानमाथि कुटपिट गरेका छन । भारतीय तस्कर समूहको आक्रमणबाट सशस्त्र प्रहरी जवान सुदीप सुनारको दुवै हातमा चोट लागेको छ । नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । सोमबार राती दोधाराचाँदनी नगरपालिका–८ को कन्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा […] The post भारतीय तस्करबाट सशस्त्र प्रहरी कुटिए appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, तीन जना प्रहरी घाइते

कञ्चनपुर - कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारकाे टाउकाे हात र खुट्टा चाेट लागेकाे छ । ...

सशस्त्रको गस्ती टोलीमाथ तस्कर समूहको आक्रमण, दुई जवान घाइते

कञ्चनपुर : तस्करको समूहले बेलौरी नगरपालिकाको थापाचोकमा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको छ। आक्रमणबाट दुई जवान घाइते भएका छन्।भारतबाट अवैध रुपमा ल्याइएको सामान र मोटरसाइल नियन्त्रणमा लिई बोर्डर आउट पोष्टमा ल्याउने क्रममा तस्करको समूहले सशस्त्र प्रहरीको टालीमाथि बिहीबार राति ढुङ्गामुढा प्रहार गरेको हो। आक्रमणबाट सशस्त्र प्रहरी जवान सोमतराम चौधरी र छडकबहादुर चौधरी घाइते भएका छन्। घाइते सोमतरामलाई थप उपचारका लागि धनगढीतर्फ लगिएको छ। सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक

भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप, सशस्त्र प्रहरी घाइते

न्युज अफ नेपाल, वीरगञ्ज । भारतीय तस्करहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ । ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन् गरिरहेको काम रोक्न खोज्दा तस्करले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको हो । पर्सा जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र […]

पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते

काठमाडौं । पर्सामा सशस्त्र प्रहरी र बालुवा तस्करबीच झडप भएको छ। बालुवा तस्करी भइरहेको सूचनाका आधारमा पुगेको सशस्त्र प्रहरी टोली र तस्करबीच झडप भएको थियो । झडपमा परी सशस्त्र प्रहरीका दुई जवान गम्भीर घाइते भएका छन्। घाइते भएका जवान मुकेश यादव र अयुव यादवलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि लगिएको प्रदेश २ का सशस्त्र प्रहरी […] The post पर्सामा बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई प्रहरी जवान घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.