सशस्त्रको गस्ती टोलीमाथ तस्कर समूहको आक्रमण, दुई जवान घाइते

कञ्चनपुर : तस्करको समूहले बेलौरी नगरपालिकाको थापाचोकमा सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण गरेको छ। आक्रमणबाट दुई जवान घाइते भएका छन्।भारतबाट अवैध रुपमा ल्याइएको सामान र मोटरसाइल नियन्त्रणमा लिई बोर्डर आउट पोष्टमा ल्याउने क्रममा तस्करको समूहले सशस्त्र प्रहरीको टालीमाथि बिहीबार राति ढुङ्गामुढा प्रहार गरेको हो। आक्रमणबाट सशस्त्र प्रहरी जवान सोमतराम चौधरी र छडकबहादुर चौधरी घाइते भएका छन्। घाइते सोमतरामलाई थप उपचारका लागि धनगढीतर्फ लगिएको छ। सशस्त्र प्रहरी बल नेपाल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक