हुम्ला पुगेलगत्तै बिरामीको उपचारमा खटिए डा. केसी

सिमकोट– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी हुम्ला आइपुगेका छन्। हुम्ला आइपुगेलगत्तै डा. केसीले जिल्ला अस्पताल पुगेर बिरामीको उपचार सुरु गरेका छन्। अस्पतालकी वरिष्ठ अनमी सरिता बोहोराले डा. केसीले एक दिनअघि मात्रै आफू हुम्ला आउन लागेकोबारे जानकारी गराएको बताइन्। नेपालगञ्जबाट हवाई मार्ग हुँदै हुम्ला पुगेका डा. केसी विमानस्थलबाट सिधै जिल्ला अस्पताल पुगेर बिरामीको उपचारमा […]

सम्बन्धित सामग्री

अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा केसी

दोधारा चाँदनी- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन् । कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर डा केसीले विगत तीन दिनयता निःशुल्क स्वास्थ्य सेवा दिइरहेका छन् । महाकाली नदी पारिको नगरपालिकामा अझै स्वास्थ्य सेवा सुलभ हुन नकसकेका बेला डा केसी स्थानीयस्तरमै […]

बागलुङको दुर्गम गाउँमा बिरामीको उपचार गर्दै डा. केसी

काठमाडौं : चिकित्सक गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन्। मंगलबार निसीखोला आएका डा. केसीले वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन्। केसीले स्वास्थ्यचौकीमा बिरामीको उपचार गरिरहेको बोहरागाउँ स्वास्थ्यचौकीका प्रमुख कसिन्द शाहीले जानकारी दिए। केसी कुनै खबरबिना नै स्वास्थ्यचौकी पुगेका हुन्। डा. केसीले तीन दिनसम्म यहाँ बिरामीको उपचार गर्ने जानकारी दिए। डा. केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका

सरकारसँग १० बुँदे सहमतिमा अनशन तोडे डा. केसी

सरकारसँगको सहमतिपछि अनशनरत केसीले त्रिवि शिक्षण अस्पतालमा उपचारत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन्। डा. केसी केही दिन उपचारका लागि त्रिवि शिक्षण अस्पतालमै रहनेछन्।...

डा. केसी एक्लो छैनन् (तस्वीरहरू)

८ असोज, काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राखेर अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नागरिक अगुवा र डा. केसीको समर्थकले प्रदर्शन गरेका हुन् । उनीहरुले डा. केसी एक्लो नभएको, उपचार गर्न काठमाडौं कहिलेसम्म धाउनुपर्ने, सिटमोलमा समेत कमिसनको खेल भएको जस्ता सन्देश लेखिएको प्लेकार्ड बोकेका छन् । धनगढीमा अनशन सुरु गरेका […]

डा. केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौँ– चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।  विभिन्न ७ बुँदे माग राखी धनगढीमा अनशन सुरु गरेका डा केसी स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आएका थिए । अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको उनका सहयोगीहरूले बताएका छन् ।  सरकारले मंगलबार […]

थप उपचारका लागि आफ्नै खर्चमा काठमाडौं आए डा केसी

सरकारले एयर लिफ्ट गर्न खोज्दा नमानेका डा केसी बुधबार साँझ ४ः४५ बजेको श्री एयरलाइन्सको विमान मार्फत काठमाडौं आएका हुन्।

डा. केसी आफ्नै खर्चमा काठमाडौं जाने

कैलाली । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आफ्नै खर्चमा काठमाडौं जाने हुनुभएको छ । उहाँले सरकारको खर्चमा काठमाडौं जान अस्वीकार गर्नुभएको हो । २०औं पटक कैलालीको धनगढीमा आमरण अनसनरत डा. केसीलाई सरकारले एयरलिफ्ट गर्न खोज्दा मान्नुभएन । आमरण अनसनको १० औं दिन स्वास्थ्य बिग्रिएपछि थप उपचारका लागि डा. केसी आफ्नै खर्चमा बुधबार साँझ […]

अनशन बस्न डा. केसी धनगढी हिँडे, साँझबाटै अनशन बस्ने

चिकित्सा शिक्षा सुधारका अभियन्ता  डा. गोविन्द केसी फेरि अनशन बस्ने भएका छन् । आज साँझबाट अनशन बस्न डा. केसी धनगढी प्रस्थान गरेका छन् ।

डा केसी र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा वार्ता

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीबीच बालुवाटारमा वार्ता गरेका छन्।चिकित्सा शिक्षा सुधारका अभियन्ता डा केसी र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।भेटवार्तामा डा केसीले यही पुस ११ गते राखेका सातबुँदे मागबारे छलफल भएको वार्तामा सहभागी डा केसीका सहयोगी प्रितम सुवेदीले बताए।वार्तामा सुवेदीसहित मोहना अन्सारी, डा विष्णु पोखरेल र अधिवक्ता ओमप्रकाश अर्याल पनि सहभागी थिए। अघिल्लो पटकको भेटमा प्रधानमन्त्री देउवाले डा केस

बिरामीको उपचार गर्न कर्णालीमा पसेँ : डा केसी

सुर्खेत– डा गोविन्द केसी बिरामीको उपचार गर्नका लागि कर्णाली प्रदेशमा पुगेका छन् । अर्थोपेडिक डा केसी दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा बिरामीको उपचार गर्दै कर्णाली प्रदेश पुगेका हुन् । डा केसी बागलुङको बोबाङ स्वास्थ्य चौकी, रुकुम पूर्वको जिल्ला अस्पतालमा बिरामीको उपचार गरेपछि शुक्रबार बिहान रुकुमपश्चिमको जिल्ला अस्पतालमा आइपुगेका हुन् । रुकुम पूर्वस्थित जिल्ला अस्पतालमा १४ दिन […]